back
NMB ad

पुनर्बीमा कम्पनीको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

Kumari bank ad

काठमाडौं । नेपाल पुनर्वीमा कम्पनीको आईपीओमा आवेदन दिने शुक्रवार अन्तिम दिन रहेको छ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्रै विक्री बन्द गर्न लागेको बताएको छ ।

विक्री प्रबन्धकका अनुसार बिहीबार पाँच बजेसम्ममा २ लाख ९१ हजार २६४ जना आवेदकबाट रू.३ अर्ब ८५ करोड ९३ लाख ६० हजार बराबरको आवेदन परेको छ ।

कम्पनीले चैत ४ गतेदेखि छिटोमा चैत ७ र ढिलोमा चैत १८ गतेसम्मका आईपीओ विक्रीमा ल्याएको हो । कुल कित्तामध्ये ३ हजार ५०० कित्ता कर्मचारीको लागि र ८ लाख कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी १ करोड ५१ लाख २६ हजार ५०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्रीमा ल्याएको हो ।

यस आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन गर्न सकिने व्यवस्था छ । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यलयहरुबाट र मेरा शेयर एप मार्फत दिन सकिनेछ । यस आईपीओलाई इक्रा नेपालले आधारभूत पक्ष बलियो रहेको ग्रेड २ रेटिङ प्रदान गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू.८ अर्ब ४० करोड रहेको छ । आईपीओ निष्कासनपछि पूँजी रू.१० अर्ब पुग्नेछ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू.१४९ दशमलव ५६ छ ।

वि.सं.२०७६ चैत ६ बिहीवार १८:३१ मा प्रकाशित

You can share this post!

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...