back
NMB ad

कोरोनाको भ्याक्सिन पत्ता लगाउन ‘ज्याक मा’ ले दिए १४ मिलियन डलर, को हुन् उनी ?

Kumari bank ad

काठमाडौं । विश्वका धनीहरुको सूचीमा पर्ने व्यक्तिहरुले कोरोनाभाइरसको नियन्त्रणमा के कस्ता सहयोग गरिरहेका छन् त भन्ने सन्दर्भमा कुराहरु उठिरहेका छन् ।

अरबपतिहरुको सूचिमा पर्ने व्यक्तिहरु मध्ये एक हुन् ज्याक मा । उनी विश्वको सबैभन्दा ठूलो ई- वाणिज्य व्यवसायहरू मध्ये एक अलिबाबा समुहका संस्थापक हुन् ।

उनी चीनका दोस्रो धनी व्यक्तिमा सूचिकृत छन् । उनी २०१९ मा चीनका धनीहरुको सूचीमा १ नम्बरमा परेका व्यक्ति समेत हुन् । साथै अरबपतिहरुको सूचिमा २१ औं नम्बरमा परेका उनी २०१८ मा शक्तिशाली व्यक्तिहरुको सूचिमा पनि २१ औं नम्बरमा नै परेका थिए ।

साथै टेक २०१७ मा सबभन्दा धनीको सातौं नम्बरमा उनी थिए । ५५ वर्षिय मा को आम्दानीको स्रोत आफ्रनै इ वाणीज्य व्यापार नै हो । बिबाहित चिनियाँ नागरिक मा ले आर्टस् र साइन्समा स्नातक सम्मको अध्ययन गरेका छन् । पहिले एक अंग्रेजी शिक्षक समेत रहेका ज्याक माले ज्याक फाउण्डेशनाको स्थापना गरी विभिन्न कार्यहरु गर्दै आएका छन् ।

उनले कोराना भाइरसको भ्याक्सिन पत्ता लगाउने प्रक्रियाका लागि १४ मिलियन डलर सहयोग गरेका छन् । साथै उनले शुक्रबार सम्ममा ५ लाख डलर , परिक्षण किट र लाखौं फेस माक्स् वितरण गर्ने जनाएका छन् ।

यसै बिचमा उनले युरोपियन मुलकमा सहयोग गरिरहेका छन् । फाउण्डेसन मार्फत कोरोना भाइरसको प्रकोपबाट बचाउन उनले एशियाली मुलुकहरुलाई सहयोग गरेका छन् । २०१९ सेप्टेम्बरमा मा ले अलिबाबा समुहको अध्यक्ष पद छाडे सँगै डेनियल झा यस समुहको अध्यक्ष रहेका छन् ।

अलिबाबा समुहका अलावा चिनियाँ मनोरन्जन उद्योग, सामुहिक लगानी कोष लगायतमा उनको उल्लेख्य लगानी रहेको छ ।

वि.सं.२०७६ चैत ९ आइतवार १४:२७ मा प्रकाशित

You can share this post!

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...