back
NMB ad

श्रीमतीलाई झुक्याएर डेटिङ जाने व्यक्तिमा कोरोनाको संक्रमण भएपछि…

Kumari bank ad

काठमडौं । एक बेलायती व्यापारी अहिले कोरोना भाइरसको संक्रमणपछि निकै तनावमा छन् । भाइरसको संक्रमणभन्दा पनि यस्तो परिस्थिति निम्तनुको वास्तविकता श्रीमतीले चाल पाउलिन् कि भनेर उनलाई ज्यादा त्रसित छन् ।

४० वर्ष पुग्न लागेका यी व्यापारी आफ्नी श्रीमतीलाई बेलायतभित्रै व्यापारिक भ्रमणका लागि जाने भनेर घरबाट निस्किएका थिए, तर उनी इटलीमा आफ्नी गर्लफ्रेन्डसँग डेटिङमा गए ।

श्रीमतीलाई सजिलै झुक्याउन त उनी सफल भए, तर इटलीमा फैलिएको कोरोना भाइरसको महामारीलाई ख्याल गरेनन् । घर फर्किएलगत्तै कोभिड–१९ को लक्षण देखिन थाल्यो र अन्ततः परीक्षणपछि उनी संक्रमित भएको पुष्टि भयो ।

उनले आफ्नी श्रीमतीलाई बेलायतमै संक्रमित हुन पुगेको बताएका थिए, तर अब आफ्नो प्रेम–प्रसङ्ग सार्वजनिक हुने डरले चिन्तित छन् । ‘यी बिरामीबारे अहिले स्वाथ्यकर्मीबीच निकै चर्चा हुनेगर्छ,’ अस्पताल स्रोतलाई उद्धृत गर्दै द सनले लेखेको छ, ‘यदी अवस्था गम्भीर थिएन भने उनको केस एउटा मजाक हुने थियो ।

यी व्यक्तिले आफ्नी श्रीमतीलाई झुक्याएर कसरी इटली गएँ भनेर चिकित्सकलाई सबै बताइसकेका छन् । त्यसैले उनले अझै सोचिरहेकी छिन् कि यो रोग व्यापारीक भ्रमणकै क्रममा सरेको हो ।’

यी व्यक्तिले इटली घुमेको स्विकारेपनि घटना सार्वजनिक हुने डरले प्रेमिकाको नाम चिकित्सकलाई बताएका छैनन् । अहिलेसम्म चिकित्सकबाहेक उनकी श्रीमतीलाई मात्रै श्रीमान् संक्रमित छन् भन्ने थाहा छ । उनी उत्तरी इङ्ल्यान्डस्थित आफ्नो आलिसन बंगलामा ‘सेल्फ आइशोलेसन’मा छिन् । एजेन्सी

वि.सं.२०७६ चैत ९ आइतवार ११:५२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...