back
NMB ad

दुर्घटनामा प्रशासकीय अधिकृतसहित २ कर्मचारीको मृत्यु

Kumari bank ad

बुटवल । सोमबार दिउँसो दाङमा बसले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार रोल्पाको गंगादेव गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृतसहित २ कर्मचारीको ज्यान गएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत दाङको गढवा गाउँपालिका ५ को जुरेनी भन्ने स्थानमा काठमाडौंबाट दाङ आउँदै गरेको बा ६ ख ३९६७ नम्वरको बसले विपरित दिशाबाट जाँदै गरेको रा १ब ८१८ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा रोल्पाको गंगादेव गाउँपालिकाका २ जना कर्मचारीहरुको ज्यान गएको हो ।

मृत्यु हुनेमा गंगादेव गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत अन्दाजी २७ वर्षीय गणेश पुनमगर र त्यसै गाउँपालिकाका कम्युटर अपरेटर २४ वर्षीय रमेश वली रहेका छन् ।

निमित्त प्रशासक पुनमगरको घटना स्थलमै र कम्युटर अपरेटर वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।

उनीहरुको शव सोही अस्पतालमा राखिएको छ । मृतक पुनको घर रुकुमको त्रिवेणी गाउँपालिका ५, खारा र वली घर गंगादेव गाउँपालिका ४ भई हाल दाङमा बस्दै आएका थिए । मोटरसाईकललाई ठक्कर दिई बस पल्टिँदा बसका तीन यात्रु घाईते भएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७६ चैत १० सोमवार १९:३६ मा प्रकाशित

You can share this post!

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:०५

केप क्यानभरल (अमेरिका):  पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार...

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५८

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५३

घोराही, २९ वैशाख: घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको...

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...