back
NMB ad

कोरोनासम्बन्धी जानकारीका लागि स्वास्थ्य मन्त्रालयले ल्यायो ‘एप’

Kumari bank ad

काठमाडौं । कोरोना भाइरसको संक्रमण लागेको छ वा कोरोनाका कुनै पनि लक्षण देखिएको छ भने तपाईंले घरमै बसेर हाम्रो स्वास्थ्य एपबाट जानकारी लिन सक्नुहुन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससम्बन्धी जानकारी दिन “हाम्रो स्वास्थ्य” एप आइतबारबाट सञ्चालनमा ल्याएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरस (कोभिड १९) का बारेमा सम्पूर्ण जानकारी दिन ‘हाम्रो स्वास्थ्य’ एप ल्याएको बताए ।

“यो एप मोबाइलमा डाउनलोड गरेर आफूलाई कुनै पनि कोरोनाको बारेमा शंका लागेमा वा यससम्बन्धी जानकारी लिन सकिन्छ,” उनले भने यो एपबाट कोरोना भाइरसको परीक्षण कहाँकहाँ हुन्छ लगायतको कुरा समेत थाहा पाउन सकिन्छ ।”

त्यसैगरी, मन्त्राललयले कोरोनाभाइरसको जानकारी दिन आइतबारबाटै  https://covid19.mohp.gov.np/#/ वेव साइट पनि ल्याएको छ ।

विभिन्न जिल्लामा रहेका अस्पतालहरूमा कति आइसोलेसन र क्वारेन्टाइन कहाँकहाँ छन् वा कसरी जाने भन्ने विषयमा पनि यो “हाम्रो स्वास्थ्य” एपबाट लिन सकिने स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताए ।

उनले देशका जुनसुकै कुनामा बसे पनि यस एपमा जोडिएर कोरोनाका बारेमा जुनसुकै पनि सूचना लिन सक्ने बताए ।विदेशबाट आएका नेपाली ५ जनामा कोरोना देखिएको छ तर यही रहेका नेपालीमा कोरोना संक्रमण नदेखिएको उनले बताए । सातै प्रदेशमा कोरोना परीक्षण गर्ने तयारी भएको समेत उनले जानकारी दिए ।

वि.सं.२०७६ चैत १६ आइतवार १४:३५ मा प्रकाशित

You can share this post!

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...