back
NMB ad

जाट–नेपालले तय गर्यो घुमफिर वर्ष २०७३ को रणनीतिक योजना

Kumari bank ad

काठमाडौ । पर्यटन पत्रकार संघ(जाट–नेपाल)ले विशेष भेला गरि घुमफिर वर्ष २०७३ का लागि सहयोग पु¥याउने रणनीतिक योजना तय गरेको छ । शनिबार बसेको जाट–नेपालको विशेष भेलाले विभिन्न ९ वटा एजेण्डाहरुमाथि निर्णय गर्दै नेपाल सरकार पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्डले अगाडि बढाएको घुमफिर वर्षलाई अझै भव्यताका साथ सम्पन्न गराउने रणनीतिक योजना ल्याएको हो ।

उक्त भेलाले प्रत्येक वर्ष देशका कुनै एक गाउँलाई ʽपर्यटन पत्रकार गाउँʼ को रुपमा घोषणा गर्ने र उक्त गाउँको पर्यटकीय प्रबद्र्धन तथा त्यस ठाउँको महत्वलाई उजागर गराउने घोषणा गरेको छ ।

जाट नेपालले देशका गन्तव्यहरुको प्रबद्र्धन गर्ने उदेश्यसहित अगाडि बढाएको ʽपत्रकार देखि पत्रकार सम्मको सम्मेलनʼ अर्थात् ʽजेʼ ʽटूʼ ʽजेʼ सम्मेलनलाई नेपाल सरकारसँगको सहकार्यमा तार्किक निष्कर्षमा पुर्याउने निर्णय गरेको छ ।

संघले ʽसात प्रदेशमा सात सञ्जाल विस्तारʼ योजना अन्तर्गत पहिलो चरणमा देशका विभिन्न पर्यटकीय गन्तव्य क्षेत्रअनुरुप शाखा विस्तार तिव्र पारिने जनाएको छ ।

त्यस्तै जाट–नेपालले वर्षभरि संचालन गर्ने कार्यक्रमका लागि वार्षिक क्यालेण्डर तयार पार्ने र सोहिअनुरुप कार्य अगाडि बढाउने निर्णय गरेको छ ।

संघको साधारण सभा छिट्टै सम्पन्न गर्ने निर्णय लिएको संघले पर्यटन क्षेत्रका विषयवस्तुलाई थप उजागर गराउने गरि स्मारिका प्रकाशनमा ल्याउने भएको छ ।

पर्यटन क्षेत्रमा विगत लामो समयदेखि योगदान गर्दै आउनुभएका विज्ञहरुलाई समेटेर एक सल्लाहकार समिति गठन गर्ने निर्णय पनि उक्त भेलाले गरेको छ ।

२१ पत्रकारले लिए जाट–नेपालको नयाँ सदस्यता
टेलिभिजन, राष्ट्रिय दैनिक, रेडियो, अनलाईन, साप्ताहिक, पाक्षिक, मासिक, प्रोडक्सन हाउस सहित आमसंचार माध्यममा सक्रियरुपमा कार्यरत २१ पत्रकारहरुले जाट नेपालको नयाँ सदस्यता लिएका छन् । पर्यटन क्षेत्रको प्रबद्र्धनमा पत्रकारहरु संगठित भएर अगाडि बढ्नुपर्ने आवश्यकतालाई औंल्याउँदै पर्यटन पत्रकारहरु जाट नेपालमा आबद्ध भएका हुन् । कार्यक्रमका अवसरमा संघले नयाँ सदस्यहरुलाई टिका, खादासहित संस्थाको लोगोअंकित ज्याकेट र टिसर्टसमेत प्रदान गरेको थियो ।

कार्यक्रममा नयाँ सदस्यहरुलाई शुभकामना प्रदान गर्दै संघका अध्यक्ष देवीप्रसाद पन्तले पर्यटन क्षेत्रको प्रचार प्रसार र प्रबद्र्धनका निम्ति जाट–नेपालले आक्रामक ढंगबाट प्रचारात्मक क्रियाकलाप अगाडि बढाउने बताएका छन् ।

वि.सं.२०७३ वैशाख ४ शनिवार १८:५६ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...