back
NMB ad

एउटै फ्ल्याटमा बस्ने आठ नेपालीमा कोरोनाको सङ्क्रमण

Kumari bank ad

लिस्बन । पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए ।
उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो । उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ ।
उनमा सङ्क्रमण पुष्टि भएलगत्तै फ्ल्याटमा बस्ने अन्यको पनि जाँच गर्दा आठै जनामा कोरोना पुष्टि भएको गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले जानकारी दिनुभयो ।
सङ्क्रमितमध्ये एक बच्चा र गर्भवती पनि रहेको बुझिएको छ । उनीहरुमध्ये दुई जनालाई अस्पताल लगिएको र अन्यलाई घरकै क्वारेन्टाइनमा राखिएको छ । सोही घरको अर्को फ्ल्याटमा बस्दै आएका अन्य पाँच जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्म पोर्चुगलमा क्वारेन्टाइनको सङ्क्रमण देखिने नेपालीको सङ्ख्या नौ पुगेको छ ।
पछिल्लो समय कोरोनाको सङ्क्रमण नेपालीमा पनि देखिन थालेकाले सजग भएर बस्न एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले आग्रह गर्नुभएको छ ।
उहाँले सकभर घरभित्रै बस्न सबै नेपालीमा आग्रह गरेका छन् । यहाँस्थित अवैतनिक वाणिज्यदूत मकर हमालले पनि सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई घरमै बस्न आग्रह गर्नुभएको छ ।

वि.सं.२०७६ चैत १९ बुधवार ०९:३५ मा प्रकाशित

You can share this post!

पशुपतिको भेटी चोरीमा कोषाध्यक्ष नै संलग्न, ज्याकेटमा लुकाएर दिनमै १५ हजारसम्म चोरी

पशुपतिको भेटी चोरीमा कोषाध्यक्ष नै संलग्न, ज्याकेटमा लुकाएर दिनमै १५ हजारसम्म चोरी

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:३०

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै...

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:११

चितवन, ८ जेठः चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा...

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:०४

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडलाई १०० प्रतिशत...

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५४

मङ्गलबारे (इलाम), ८ जेठः नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली...

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५०

काठमाडौँ, ८ जेठः एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह...

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:४०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...