back
NMB ad

साहसिक पर्यटन पर्वतारोहण र पथप्रदर्शनलाई सुरक्षित पार्नुपर्ने खाँचो

Kumari bank ad

काठमाडौ । साहसिक पर्यटन पर्वतारोहण र पथप्रदर्शनलाई सुरक्षित पार्न सकेमात्र नेपालको पर्यटन क्षेत्रमा अझै विश्वास बढ्नेमा पर्यटन क्षेत्रका व्यक्तिहरु र मजदुर नेताहरुले जोड दिएका छन् ।

२०७१ बैशाख ५ गते सगरमाथा हिमपहिरोमा परि निधन भएका प्रख्यात १८ आरोहीहरुको सम्झनामा नेपाल ट्रेकिङ–ट्राभल्स–¥याफ्टिङ–एयरलाईन्स मजदुर यूनियन (यूनिट्राभ) ले आयोजना गरेको स्मृतिसभामा जिफन्टका महासचिव विष्णु लम्सालले पर्वतारोहण र पथप्रदर्शनलाई अझै सुरक्षित पार्नुपर्ने खाँचो औंल्याए ।

हिमाल आरोहीहरुको सुरक्षाका लागि आवश्यक नीति बनाउन जिफन्टले सहयोग पुर्याउने भन्दै उनले मौसमबाट जोगिन पूर्वानुमानको व्यवस्था, आरोहणका उपयुक्त औजार, उपकरणको प्रबन्ध लगायत सामाजिक सुरक्षामा ध्यान दिनुपर्ने धारणा राखे ।

कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले साहसिक पर्यटनमा असामहिक निधनमा परेका आरोहीहरुको सम्मान गर्दै उनीहरुका परिवारका बालबच्चाहरुलाई नेपाल पर्वतारोहण संघले निशुल्करुपमा लालनपालपोषण र शिक्षाको प्रबन्ध गरिरहेको बताए । त्यस्तै अंगभंगमा परेकाहरुलाई पनि मासिक ७ हजार रुपैंया सहयोग उपलब्ध गराउँदै आएको उनले जानकारी दिए ।

अहिलेसम्म पर्वतारोहणकाक्रममा अभिभावक गुमाएका ५९ बालबच्चाको लालनपालनपोषण, शिक्षाको प्रबन्ध संघले गर्दै आएको र छुट हुन गएका आरोहीका परिवारहरुलाई पनि संघको यस अभियानमा सहभागी हुन आग्रह गरे ।

कार्यक्रममा पर्यटन बोर्ड सदस्य कृष्ण अर्यालले पर्वतारोहीहरु नै पर्यटकलाई पर्वतारोहण गराउने मुख्य पात्र भएको भन्दै सगरमाथा हिमपहिरोमा दुःखद निधन हुन पुगेका दक्ष आरोहीको सम्झनामा आगामि वर्षदेखि बैशाख ५ लाई राष्ट्रियरुपमा आरोहि स्मृति दिवसकारुपमा मनाउने घोषणा गरे ।

यसलाई मजदुर, व्यवसायी र सरकारको साझा दिवस बनाउन आफुले पहल गर्ने उनको प्रतिबद्धता थियो ।

कार्यक्रममा यूनिट्राभका अध्यक्ष श्यामकुमार राई र महासचिव सुमन पराजुलीले हिमपहिरोमा परि दुःखद निधन भएका प्रख्यात आरोही दोर्जे खत्रीसहित १८ जना जना दक्ष आरोही उत्पादन गर्न अबको २० वर्ष कुर्नुपर्ने दाबी गरे । उनीहरुले पर्वतारोहीहरुलाई सरकार र व्यवसायीले उपेक्षा गरेको आरोप लगाएका थिए ।

वि.सं.२०७३ वैशाख ५ आइतवार १५:४० मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...