back
NMB ad

कार्यालय प्रमुखहरूलाई दैनिक हाजिर हुन र कर्मचारीलाई तयारी अवस्थामा रहन निर्देशन !

Kumari bank ad

काठमाडौं । गण्डकी प्रदेश सरकारले राजीनामा दिएका स्वास्थ्य सेवाका सबै कर्मचारीको राजीनामा अस्वीकृत गर्ने भएको छ ।

शनिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बिदा स्वीकृत गरेर बसेका कर्मचारीको पनि बिदा रद्द गर्ने निर्णय गरेको प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

यस्तै प्रदेश मन्त्रालय तथा विभिन्न कार्यालयका प्रमुखलाई आ–आफ्नो कार्यालयमा अनिवार्य रूपमा हाजिर हुन र कर्मचारीलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिएको छ ।

बैठकले सुत्केरी र किरिया बिदाबाहेकका अन्य बिदा स्वीकृत नगर्ने, स्वीकृत भइसकेका बिदासमेत रद्द गरी त्यस्ता कर्मचारीलाई तयारी हालतमा राख्ने र अर्को आदेश नभएसम्मका लागि स्वास्थ्य सेवामा आबद्ध कर्मचारीको राजीनामासमेत स्वीकृत नगर्ने निर्णय गरेको हो ।

बैठकले संक्रामक रोग ऐन, २०२० को अधिकार प्रयोग गरी स्थानीय प्रशासनले सम्बन्धित अस्पताल प्रशासन तथा सञ्चालकलाई निर्देशन दिने र सोको जानकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत गराउनुपर्ने निर्णय गरेको छ ।

त्यस्तै कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री, औषधिलगायतका आवश्यक सामग्री प्रतिस्पर्धाको आधारमा तत्काल खरिद गर्ने व्यवस्था मिलाउन सामाजिक विकास मन्त्रालयलाई जिम्मा दिने निर्णय पनि गरिएको छ ।

प्रदेश सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको कार्यमा असहयोग गर्ने, बाधा व्यवधान पुऱ्याउने व्यक्ति वा संस्थालाई संक्रामक रोग ऐन, २०२० बमोजिम तत्काल कारबाही गर्न सबै स्थानीय प्रशासनलाई निर्देशन पनि दिएको छ ।

त्यस्तै चालकसहितको एम्बुलेन्सहरू जुनसुकै अवस्थामा पनि प्रयोग गर्न सकिने गरी तयारी हालतमा राख्न, कोरोना आशंका गरिएकाहरूको निगरानी तथा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन र सबै सरकारी, सामुदायिक तथा निजी स्वास्थ्य संस्थालाई आफूकहाँ आएका सबैखाले बिरामीलाई अनिवार्य रूपमा उपचारको व्यवस्था मिलाउन पनि प्रदेश सरकारले निर्देशन दिएको छ ।(नयाँ पत्रिकाबाट)

वि.सं.२०७६ चैत २३ आइतवार १०:०४ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...