back
NMB ad

कोरोनाले नेपालमा महामारी रुप लिने छैन भन्ने आधार तय भइसक्यो : मुख्यमन्त्री पौडेल

Kumari bank ad

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा कोरोना भाइरसले माहामारीको रुप लिने छैन भन्ने आधार तय भइसकेको बताउनुभएको छ ।

आज एक सन्देश जारी गर्दै उहाँले केपी शर्मा ओली नेतृत्वको सरकारका परिपक्व, दूरगामी तथा प्रभावकारी कदम, प्रदेश र स्थानीय सरकारको सक्रियता तथा आमनागरिकको विवेकपूर्ण भूमिकाका कारण नेपालमा कोरोना भाइरसले माहामारीको रुप लिने छैन भन्ने आधार तय भइसकेको बताउनुभएको हो ।

‘कोरोना भाइरसका कारण साधन स्रोतले सम्पन्न भएका र आर्थिक रुपमा समेत सशक्त देशलाई हायलकायल पारिरहँदा यो भाइरस नेपालमा प्रवेश गरे लाखौँमा सङ्क्रमण फैलने र हजारौँ मानिस मारिन सक्ने चर्चापरिचर्चा भएकै हो तर प्रधानमन्त्री ओली नेतृत्वको सरकारका परिपक्व, दूरगामी तथा प्रभावकारी कदम, प्रदेश र स्थानीय सरकारको सक्रियता तथा आमनागरिकको विवेकपूर्ण भूमिकाका कारण नेपालमा कोरोना भाइरसले माहामारीको रुप लिने छैन भन्ने आधार तय भइसकेको छ’, सन्देशमा भनिएको छ ।

‘यद्यपि संसारलाई त्रसित बनाइरहेको कोरोना भाइरसका कारण आइपर्ने सम्भावित महामारीको त्रासदी कायम नै छ तर सरकार कोरोनाविरुद्ध हरतरहले तयार भइसकेको छ, केही महिनाअघिसम्म पनि कोरोना परीक्षणका लागि बिरामीको स्वाब (नमूना) सङ्कलन गरेर तेस्रो मुलुकमा पठाउनुपथ्र्यो, केही दिनअघिसम्म मात्र पनि देशभरिबाट सङ्कलित नमूनाको केन्द्रीय प्रयोगशाला टेकुमा मात्र परीक्षण गर्नुपर्ने बाध्यता थियो, टेकुमा मात्र सीमित रहेको ल्याब अब देशका सातै प्रदेशमा उपलब्ध भइसकेको छ’, पौडेलले सन्देशमार्फत भन्नुभएको छ ।

प्रदेश नं १ को धरान, प्रदेश नं २ को जनकपुर, बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, प्रदेश नं ५ को भैरहवा, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा कोरोना परीक्षण ल्याब स्थापना भई परीक्षणको कामसमेत नियमित सञ्चालन भइसकेको छ ।

‘सङ्घीय राजधानीसमेत रहेको वाग्मती प्रदेशमा टेकु र हेटौँडाबाट मात्रै कोरोना परीक्षण हुँदै आएकामा आजबाटै चितवन र केही दिनमै काभ्रेको धुलिखेलबाट समेत कोरोना परीक्षण हुँदैछ, सरकार अब धेरैभन्दा धेरै व्यक्तिको कोरोना परीक्षण गर्ने र उपचार तथा अन्य प्रक्रियालाई निरन्तरता दिने गरी अगाडि बढ्नेछ, प्रदेशवासी दाजुभाइ, दिदीबहिनीहरुले भने लकडाउनको पूर्ण पालना गरी कोरोना भाइरसलाई माहामारीका रुपमा फैलनबाट जोगाउनहुन हार्दिक अनुरोध गर्दछु’, सन्देशमा उल्लेख छ ।

वि.सं.२०७६ चैत २४ सोमवार २०:२८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...