back
NMB ad

देशभर ९ हजार क्वारेन्टाइनमा : १७ सय ९६ को कोरोना परीक्षण

Kumari bank ad

काठमाडौं । विभिन्न देशबाट नेपाल प्रवेश गरेका र कोरोना आशंकामा ९ हजार बढी क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) आशंकामा अहिलेसम्म देशभर ९ हजार २ सय २८ जना क्वारेन्टाइनमा राखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

देवकोटाका अनुसार अहिले काठमाडौं उपत्यकामा १६ जना र बाहिर ८४ जना गरेर एक सय जना आइसोलेसनमा छन् । अहिलेसम्म नेपालमा ९ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये एकजना निको भएका छन् ।

अहिले काठमाडौं बाहिरका ९ ठाउँमा कोरोना परीक्षण सुरु भएको छ। सरकारले कोरोना संक्रमण बढी देखिएको कञ्चनपुर र कैलालीमा परीक्षणको दायरसमेत बढाएको छ।

‘कोरोना परीक्षणको दायर बढाउने क्रममा कञ्चनपुर र कैलालीमा र्या्पिड किट र स्वाबको नमुना संकलनको काम भइरहेको छ’, प्रवक्ता देवकोटाले भने, ‘अहिलेसम्म आज कञ्चनपुरमा २१ र कैलालीमा १८ जनाको नमुना संकलन भएको छ। ’

त्यसैगरी जुम्ला र अछाममा पनि स्वाबको नमुना संकलन सुरु भएको छ। प्रवक्ता देवकोटाले ४ सय ५० बढी नमुना संकलनको लक्ष्य लिएको जानकारी दिए। अहिले हरेक जिल्लाका चारचार ठाउँबाट नमुना संकलन भइरहेका छन्।

कोरोना परीक्षणमा दुई रणनीति

स्वास्थ्य मन्त्रालयले कोरोना नियन्त्रणका लागि दुई रणनीतिसहित काम सुरु गरेको प्रवक्ता देवकोटाले जानकारी दिए। सरकारले पहिलो रणनीतिको रुपमा परीक्षण बढाउने काम सुरु गरेको छ ।

अर्को रणनीति भने क्वारेन्टाइनमा निरन्तर राख्ने रहेको प्रवक्ता देवकोटाले बताए। ‘पहिलो रणनीति भनेको परीक्षणको संख्या बढाउने हो।
त्यसका लागि हामी नमुना संकलन गरिराखेका छौँ’, डा. देवकोटाले भने, ‘अर्को रणनीति भनेको क्वारेन्टाइनमा बस्नु कति अनिवार्य छ भन्ने कुरा बुझ्नु हो। सबैले नियम पालना गरेर क्वारेन्टाइनमा बस्नुहुनेछ भन्ने हाम्रो विश्वास छ।’ अन्नपूर्ण पोष्टबाट

वि.सं.२०७६ चैत २५ मंगलवार १६:५६ मा प्रकाशित

You can share this post!

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि   

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५७

काठमाडौँ, १६ वैशाखः विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम...

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५४

गुल्मी, १६ वैशाखः जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप...

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३७

दमौली : मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र...

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३०

काठमाडौँ, १६ वैशाख: मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...