back
NMB ad

यी हुन् मन्त्रिपरिषद्को बैठकले निर्णयहरु

Kumari bank ad

काठमाडौँ । सरकारले कोरोना भइरसको सम्भावित जोखिमबाट बच्नका लागि यही वैशाख १५ गते सोमबारसम्म लकडाउन कायम गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयबारेमा जानकारी दिनुहुँदै अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले नागरिकको सुरक्षाका लागि वैशाख १५ गते मध्यरातसम्म लकडाउन कायम राख्ने निर्णय गरेको बतानुभयो ।

विश्वव्यापीरुपमा कोरोना भइरसको सङ्क्रमण फैलने सम्भावना कायम नै रहेको हुनाले यही वैशाख १५ गते सोमबार मध्यरातिसम्म लागू हुने गरी लकडाउन कायम गर्ने निर्णय भएको छ”, मन्त्री डा खतिवडाले भन्नुभयो ।

अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री डा खतिवडाले कोरोना भाइरसबाट सुरक्षित रहन छिमेकी मित्र राष्ट्रहरुले चालेको प्रयास र अभ्यासलाई समेत ध्यानमा राखेर काम गरिरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा बसोबास गर्ने सबैलाई सुरक्षा दिनका लागि नेपालमा अन्तराष्ट्रिय सिमाना र खुला सिमानाबाट हुने आवतजावत बन्द गर्ने पहिलाको निर्णयलाई नै निरन्तरता दिएको छ, आदेशको पूर्ण पालना नगर्नेलाई कानूनबमोजिम कारवाही गर्ने निर्णय भएको छ ।”

सरकारले कोरोना सङ्क्रमण रोगको रोकथाम र नियन्त्रणका लागि जारी गरेको आदेश जनताको जीवन रक्षाका लागि भएको र हालसम्म यसको पालना गरी साथ दिएकोमा सबै नेपालीलाई धन्यवाद दिएको छ ।

बैठकले प्रशासन क्षेत्रका सहसचिव अर्जुन पोखरेललाई सचिवमा बढुवा गरी प्रदेश नम्बर २ को प्रमुख सचिवमा सरुवा गर्ने निर्णय गरेको छ । प्रदेश नम्बर २ मा रहेका मुख्य सचिवलाई सुदूरपश्चिम प्रदेशमा सरुवा गर्ने निर्णय गरेको छ ।

बैठकले इञ्जिनयिरिङ क्षेत्रका सहसचिव सागर राईलाई सचिवमा बढुवा गरी नेपाल ट्रष्टमा पदस्थापना गर्ने र नेपाल ट्रष्टका सचिव रामकृष्ण सापकोटालाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सचिवमा सरुवा गर्ने निर्णय गरेको छ ।

वि.सं.२०७७ वैशाख २ मंगलवार १९:३४ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...