back
NMB ad

प्रदेश १ मा एक हजार ८९७ व्यक्तिको कोरोना परीक्षण

Kumari bank ad

विराटनगर । प्रदेश १ मा शनिबारसम्म एक हजार ८ सय ९७ व्यक्तिको कोरोना परीक्षण भएको छ । दू्रत परीक्षण विधि(आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट उनीहरुको परीक्षण भएको हो ।

सबैभन्दा बढी आरडिटी विधिबाट एक हजार ५ सय २६ को नमूना परीक्षण भएको छ । यो विधिबाट परीक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएको छ । आज सुनसरीको हरिनगरामा परीक्षण गर्दा एक जना पुरुषमा पोजेटिभ आएको हो । बाँकी दुई जनाको पिसिआर विधिबाट गरीने परीक्षणमा नेगेटिभ देखिसकेको छ ।

पीसीआर विधिबाट गरिएका कूल ३ सय ७१ परीक्षणमध्ये १२ जनामा पोजेटिभ देखिएको छ । उनीहरुको नमूना कोशी अस्पतालपछि काठमाडौमा लगेर पुनः परीक्षण गर्दा पोजेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।

सबै उदयपुरको मस्जिदमा बस्दै आएकाहरु हुन । संक्रमित मध्ये ११ भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन् । उनिहरुको उपचार प्रदेश सरकारले निर्माण गरेको कोशी अस्पतालमा भइरहेको छ ।

आरडीटी विधिबाट जम्मा २ सय १० महिला र १ हजार ३ सय १६ जनाको परीक्षण भएको छ । पीसीआर विधिबाट भने ६८ महिला र ३ सय ३ जना पुरुषको परीक्षण भएको हो । ५७ पुरुष र २ सय ८६ पुरुषको नतिजा भने नेगेटिभ आएको छ । स्वाब संकलन गरेको ल्याबमा ल्याएर गरिने परीक्षण विधि पीसीआर हो ।

कोरोना सूचना डेस्कका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुँदै आएको छ ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या शनिबारसम्म कूल ६ सय ६ जना पुगेको छ । २० जना डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ५ महिला र १७ पुरुषसहित २२ जना छन् । होम क्वारेन्टाइनमा जम्मा ४ हजार ४९ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

वि.सं.२०७७ वैशाख ६ शनिवार १७:३९ मा प्रकाशित

You can share this post!

आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी   

आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी   

वि.सं.२०८१ जेठ ७ सोमवार १०:०८

रमेश लम्साल    काठमाडौँ, ७ जेठः सरकारी स्वामित्वको विद्युत् उत्पादन...

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...