back
NMB ad

एकै परिवारका ५ जना कोरोना संक्रमित

Kumari bank ad

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएका २४ जनामध्ये एकै परिवारका ५ जना रहेको खुलेको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको ११ जनामध्ये ५ जना एकै परिवारको रहेको खुलेको हो । ५ जनामध्ये एउटै परिवारका ४१ वर्षीय दाजु, १८ वर्षीय छोरा, ३६ वर्षीया बहिनी, ४० वर्षीय ज्वाई र १८ वर्षीय भाञ्जा रहेका छन् ।

१८ वर्षीय छोरा भारतको युपीमा उर्धु भाषा पढ्न गएको खुलेको छ । उनी लकडाउनभन्दा केहि दिनअघि मात्र युपीबाट घर आएको बुझिएको छ । उता गाईघाट बजारमा जुत्ताचप्पलको व्यापार गर्दै आएका बहिनी ज्वाइ लकडाउनका कारण व्यापार गर्न नपाएपछि माइती घरमा बस्दै आएका थिए ।

व्यापार गर्दै आएको बजारको घर साँघुरो भएको र बाहिर आउजाउ गर्न नपाएपछि माइती घरमा गएर बसेका छिमेकीले बताएका छन् । स्थानीयले संक्रमित व्यापारी गाउँ सिल गर्नुअघि लकडाउनकै समयमा पनि गाईघाट आउजाउ गरेको बताएका छन् ।

गाईघाट बजार र बस्तीसमेत आउजाउ भएकाले संक्रमण फैलिएको हुन सक्ने बताएका छन् । यता संक्रमणको संख्या एकै दिन ११ जना बढेपछि बस्तीमा त्रास फैलिएको स्थानीय यदु ढकालले बताए । उनले भने, ‘बाहिर निस्कने अवश्था छैन, छिटोभन्दा छिटो थपको परीक्षण र औषधिउपचारको व्यवास्था गर्नुको विकल्प छैन् ।’

भारतबाट आएका जमाती बसेको खवरपछि स्वाब संकलन गर्दा बैशाख ५ र ६ गते १३ जनामा पुष्टि भएको थियो । लगत्तै स्थानीय प्रशासनले भुल्के क्षेत्र सिल गरी प्रदेश र नेपाली सेनाको काठमाडौंबाट आएको स्वास्थ्यकर्मीको टोलीले तीन दिन लगाएर ३ सय २० जनाको स्वाब संकलन गरेको थियो ।

वि.सं.२०७७ वैशाख १० बुधवार २१:०१ मा प्रकाशित

You can share this post!

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...