back
NMB ad

क्वारेन्टाइनमा युवतीमाथि बलात्कार प्रयास !

Kumari bank ad

जनकपुर । धनुषाको एक क्वारेन्टाईनमा बसेकी युवतीमाथि बलात्कार प्रयास भएको घटना सार्वजनिक भएको छ । धनुषाको विदेह नगरपालिका वडा नम्बर ६ को क्वारेन्टाईनमा एक सातादेखि बस्दै आएकी २२ वर्षीया युवतीमाथि गएराती बलात्कार प्रयास भएको घटना सार्वजनिक भएको हो ।

गएराती अन्दाजी ११ बजेतिर क्वारेन्टाइनमा विदेह नगरपालिकामा बस्ने एक महिलालाई सरसफाई कर्मचारी २८ वर्षीय सञ्जिव पासवानले बलात्कारको प्रयास गरेको आरोप ती महिलाले लगाएकी छिन् ।

बलात्कारको प्रयास गरेपछि महिला चिच्याएर हल्लाखल्ला गरेकी थिइन् । तर विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले भने महिलाले लगाएको आरोप गलत रहेको जिकिर गरे ।

उनले ती महिलासँगै अर्को महिला पनि उनकै कोठामा रहेकी र उनीसँग घटनाको सम्बन्धमा बुझ्दा महिलाले लगाएको आरोप गलत रहेको दावी गरे ।

एक हप्ताअघि भारतबाट आएकी ती महिलालाई क्वारेन्टाइनमा राखिएको थियो । यता, पीडित महिलाको उजुरीको आधारमा प्रहरी चौकी तिनकौरियाले युवकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७७ वैशाख १२ शुक्रवार १४:५१ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...