एजेन्सी । कोरोना भाइरस संक्रमणको बढ्दो संख्यालाई मध्यनजर गर्दै श्रीलंकामा फेरि २४ घन्टाको कर्फ्यू लगाइएको छ । शुक्रबार त्यहाँ देशभर ४६ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि यो कर्फ्यू लगाइएको हो ।
यसका साथासाथै श्रीलंकामा अब कोभिड १९ का संक्रमित ४ सय २० जना पुगेको छ । श्रीलंकामा अहिलेसम्म कोरोना भाइरसका कारण ७ जनाको मृत्यु भएको छ ।
शुक्रबार भेटिएका संक्रमितमा ३० जना नाविक हुन् जो राजधानी कोलम्बोको छेउमा बस्नछन् । त्यहाँ अहिलेसम्म ६० नाविकमा कोरोेना भाइरस संक्रमण देखिएको छ । श्रीलंकामा यसअघि सोमबार पनि कर्फ्यू लगाइएको थियो । प्रहरीले त्यहाँ अहिलेसम्म ३० हजारभन्दा धेरैलाई पक्राउ गरेको छ ।
वि.सं.२०७७ वैशाख १३ शनिवार १४:१२ मा प्रकाशित