back
NMB ad

किम जोङ मुटुकाे शल्यक्रियापछि कोमामा

Kumari bank ad

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्य अवस्था गम्भीर रहेको विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उत्तर कोरियाका शासक किमको स्वास्थ्य स्थिति खराब भएकोले चीनले शनिबार मात्र विशेषज्ञ टोली उत्तर कोरिया पठाएको थियो । उनको मुटुको शल्यक्रियापश्चात हाल कोमामा रहेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

जापानी मिडियाहरूले पनि किमको मुटुको शल्यक्रियापछि बेहोस अवस्थामा रहेको जनाएका छन् । जापानको साप्ताहिक पत्रिका शुकान गेनडाईले शुक्रबार एक रिपोर्टमा उत्तर कोरियाका तानाशाह मुटुको शल्यक्रियापछि अचेत अवस्थामा रहेको उल्लेख गरेको थियो । समाचार अनुसार किमको मुटुमा अचानक समस्या देखिएपछि शल्यक्रिया गरिएको छ ।

किमको चिकित्सकीय टोलीले चीनसँग सल्लाह र सहयोग मागेपछि विशेषज्ञ टोली आवश्यक औषधी चीनले पठाएको छ । उत्तर कोरियाली चिकित्सकले चिनियाँ मेडिकल ग्रुपलाई कुर्न सम्भव नठानेर आफै अपरेसन गरेको समेत बताइएको छ ।

हङकङ स्याटेलाइट टेलिभिजन (एचकेएसटीवी)ले भने विश्वस्त स्रोतको दाबी भन्दै उत्तर कोरियाली शासक किमको ३६ बर्षको उमेरमा नै मृत्यु भइसकेको बताएको छ । केही अन्य मिडियाहरूले पनि उनको मृत्यु भएको वा बेहोस रहेको लेखे पनि यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन ।

पछिल्लो समय किम त्यहाँका महत्वपूर्ण सार्वजनिक समारोहमा पनि सहभागी नदेखिएको बताइएको छ । यही अप्रिल १५ मा आफ्ना हजुरबुवा तथा उत्तर कोरियाका संस्थापक नेताको जन्मजयन्ती मनाउन आयोजित कार्यक्रममा उनी सहभागी नभएपछि त्यहाँ अनेक अड्कलबाजी गरिँदै आएको थियो ।

वि.सं.२०७७ वैशाख १४ आइतवार ०९:४४ मा प्रकाशित

You can share this post!

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...