back
NMB ad

७५ दिनपछि दक्षिण कोरियामा शून्यमा झऱ्यो कोरोना संक्रमण

Kumari bank ad

एजेन्सी । दक्षिण कोरियामा कोरोना भाइरसको नयाँ संक्रमण शून्यमा झरेको छ । चीनको वुहानपछि कोरोना संक्रमणको केन्द्रबिन्दु मानिएको दक्षिण कोरियामा ७५ दिनपछि स्थानीय संक्रमण शून्यमा झरेको हो ।

दक्षिण कोरियाले कोरोना भाइरसको नियन्त्रणका लागि उल्लेख्य कदम चालेको थियो । पहिलोपटक २० जनवरीमा एक महिलामा दक्षिण कोरियामा कोरोना संक्रमण देखिएको थियो । त्यसको केही दिनपछि ४ फेब्रुअरीमा विदेशीहरूलाई आउनबाट रोक लगाएको थियो ।

मार्च २ मा दक्षिण कोरियामा चार हजारभन्दा बढी मानिस संक्रमित भइसकेका थिए । तीमध्ये ६० प्रतिशत संक्रमित एक चर्चसँग आबद्ध थिए । अर्थात् एक चर्चमा सहभागी हुन पुगेका व्यक्तिहरूमा कोरोना संक्रमित हुन पुगेको थियो ।

त्यसक्रममै दक्षिण कोरियाले तीव्र रूपमा परीक्षण एवं कन्ट्याक्ट ट्रयासिङ गरेको थियो । अप्रिलको सुरुतिरबाटै दक्षिण कोरियामा कोरोना नियन्त्रण नजिक आउन सुरु भएको थियो ।

अप्रिल १५ मा महामारीबीच त्यहाँ चुनावसमेत भयो । त्यसैले २२ अप्रिलमा स्थानीय रूपमा नयाँ संक्रमितको संख्या कम हुँदै गएपछि लकडाउन खुकुलो पार्न सुरु भएको थियो ।

अप्रिल ३० अर्थात् आज पहिलो कोरोना संक्रमित भेटिएको ७५ दिनपछि त्यहाँ नयाँ संक्रमित नदेखिएको हो । अर्थात् नयाँ संक्रमण शून्यमा झरेको हो ।

अहिलेसम्म दक्षिण कोरियामा १० हजार सात सय ६५ मानिस संक्रमित भइसकेका छन् ।  संक्रमितमध्ये करिब नौ हजार निको भइसकेका छन् भने १४ सय उपचारको क्रममा रहेका छन् । दुई सय ४७ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसबाट विश्वभर कुल ३२ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । त्यसमध्ये करिब १० लाख निको भइसकेका छन् भने दुई लाख २८ हजारको मृत्यु भएको छ ।

वि.सं.२०७७ वैशाख १८ बिहीवार १४:१९ मा प्रकाशित

You can share this post!

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...