back
NMB ad

बाँदरले बचायो ३० जनाको ज्यान

Kumari bank ad

काठमाण्डौं । सुन्नमा यो अनौठो तथा अपत्यारिलो लाग्नसक्छ तर सत्य घटना हो । एउटा बाँदरले ३० जना मानिसको ज्यान बचाइदिएको छ । यो घटना भारतको बैंगलोरमा भएको हो । यो कुनै अन्धविश्वास होइन, न त कुनै चमत्कार नै भएको हो ।

वास्तवमा गत शनिवार श्रीरंगापट्टनममा कावेरी नदीको तटमा एक धार्मिक अनुष्ठान भैरहेको थियो । जसमा एकै परिवारका ३० भन्दा बढि मानिस सहभागी थिए ।

सबै मानिस कावेरी नदीको पवित्र जलमा स्नान गरेर एउटा आँपको रुखमुनि पुजाका लागि बसेका थिए । त्यो आँपको रुखमाथि एउटा बाँदर बसेको थियो । बाँदरले अकस्मात पिसाब गरिदियो र त्यो पिसाब तल पुजा गर्न बसेका मानिसमाथि पर्यो ।

बाँदरले पिसाब गरिदिएपछि ब्रतालुहरु जिउ अपवित्र भएको भन्दै त्यहाँबाट उठे र बाँदरलाई गाली गलौज गर्न थाले । तर बाँदरले पिसाब गरिदिएपछि पनि अन्य तिन जना मानिस भने त्यहाँबाट उठेका थिएनन् ।

बाँदरले पिसाब गरिदिएर अधिकांस श्रद्धालुहरु पुजास्थलबाट उठेको केही बेरपछि त्यो आँपको रुख ढल्यो । पुजास्थलबाट उठेका सबै मानिस बँच्न सफल भए । तर तिनजना भने चपेटामा परे । ४० वर्षकी एक महिलाको ज्यान गयो भने दुइ जना घाइते भए ।

यो घटनापछि बँच्न सफल मानिसहरु शोक तथा आश्चर्यमा परे । बाँदरले पिसाब गरिदिएर अपशकुनको संकेत दिएको कुरा उनीहरुले पछि मात्र बुझे ।

आफ्ना एक सदस्यको मृत्यु भएपनि बाँदरकै कारण धेरैको ज्यान जोगिएकोमा उनीहरुले बाँदरलाई धन्यवाद पनि दिए । यदि बाँदरले पिसाब गरिदिएको थिएन भने त सबै मानिस पुजामा व्यस्त रहेको बेलामा त्यो आँपको रुख ढलेर सबैलाई किच्ने रहेछ ।

प्रकाशितः एजेन्सी , २०७३ वैशाख ९

वि.सं.२०७३ वैशाख ९ बिहीवार ११:०७ मा प्रकाशित

You can share this post!

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...