back
NMB ad

अब पुरानो बसपार्क खुलामञ्चमा

Kumari bank ad

काठमाडौँ ।  काठमाडौँ टावरको निर्माण अवधिभर पुरानो बसपार्कमा रोकिन आउने र त्यहाँबाट छुट्ने सवारीहरुको व्यवस्थापन खुलामञ्चबाट गरिने भएको छ ।

राजधानीको पुरानो बसपार्कमा निर्माण गर्न लागिएको उक्त टावरको निर्माणको समयमा मात्र खुलामञ्चमा यातायातको साधन राखिने काठमाडौँ महा नगरपालिकाले जानकारी दिएको छ ।

महानगरपालिका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार टावर निर्माणका लागि हाल खुलामञ्चमा जस्ताले बार्ने काम भइरहेको छ । उक्त काम सकिनेबित्तिकै यातायातका साधनलाई स्थानान्तरण गरी टावर निर्माणको काम सुरु गरिने छ ।

‘टावर निर्माणको योजना भूकम्पअघि नै आएको र भूकम्पपछि टावरको संरचना फरक भएकाले निर्माण प्रक्रिया ढिला भएको हो’, काकीले बताए ।

भूकम्प पूर्वको योजनाअनुसार टावर २९ तला बनाउने तयारी रहेको थियो । भूकम्पपछि भवन निर्माणको मापदण्ड फेरबदल भएकाले भवन पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक बनाइने छ ।

अहिले १२ तलाको बनाउने नक्सालाई स्वीकृति दिइएको छ । प्रस्तावित सुविधासम्पन्न भवनको विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० तथा वातावरणीय प्रभाव मूल्याङ्कनसमेत तयार भइसकेको कामपाले बताएको छ ।

राजस्व महाशाखा प्रमुख महेश काफ्लेका अनुसार उक्त टावर निर्माणका लागि जलेश्वर, स्वच्छन्द र विकोइसँग सम्झौता गरिसकेको छ । सम्झौताअनुसार ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउने छन् ।

काम सुरु भएको पाँच वर्षभित्र सो टावर बनाइसक्नुपर्ने छ भने त्यसपछिका २५ वर्ष सञ्चालन अवधि रहनेछ । यो टावर नेपालमा अहिलेसम्म बनेका भवनभन्दा पृथक र अत्याधुनिक हुने बताइएको छ ।

टावरको लागत तीन अर्ब ५० करोड पुग्ने अनुमान महानगरपालिकाले गरेको छ । भवनको सबैभन्दा तल्लो तलामा बसको पार्किङ रहनेछ ।

त्यसमाथिका दुई तलामा हलुका गाडीको पार्किङ, व्यवस्थित सिनेमा हल, पौडी पोखरी, रेस्टुराँ, बैंक तथा महानगरपालिकाको वडा कार्यालयसमेत रहनेछन् ।

भवनका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । नेपाली कला र संस्कृतिको झलक सो भवनमा देख्न पाइने छ ।

प्रकाशितः २०७३ वैशाख ९

वि.सं.२०७३ वैशाख ९ बिहीवार १६:१० मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...