back
NMB ad

आज बेलुकी घरमै दीपावली गरेर बुद्ध जयन्ती मनाऔँ : प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाडौं । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६४ औँ बुद्ध जयन्ती, बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यो दिन बुद्ध जयन्ती मनाउने गरिन्छ ।

यो वर्ष कोभिड–१९ को सङ्क्रमणबाट बच्न चलिरहेको लकडाउनका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत ठाउँमा सीमित लामा एवं बौद्ध धर्मगुरु मात्र बसेर पूजालगायत विधि मात्र पूरा गर्ने भएका छन् । सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सैबीच सरकारले आज बेलुकी घरमै दीपावली गरेर बुद्ध जयन्ती मनाउन आह्वान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्ती तथा कोरोना भाइरसविरुद्ध अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकप्रति सम्मान, सङ्क्रमितको शीघ्र स्वास्थ्य लाभको कामना र ज्यान गुमाएकाको शान्तिका लागि आज बेलुकी सात बजे घरघरमा दिपावली गर्न आग्रह गर्नुभएको हो ।

नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रम तीव्र बनेसँगै थप सतर्कता अपनाइएको छ । गएको चैत ११ गतेबाट सुरु भएको लकडाउनलाई आउँदो जेठ ५ गतेसम्म लम्ब्याइएको छ ।

वि.सं.२०७७ वैशाख २५ बिहीवार ०९:०७ मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...