back
NMB ad

बन्चरो प्रहार गरेर छोराद्वारा आफ्नै बाबु-आमाको हत्या

Kumari bank ad

धनकुटा । तेह्रथुमको फेदाप गाउँपालिका–५ मा हिजो बिहीबार साँझ एक युवाले आफ्नै बाबु -आमाको बिभत्स हत्या गरेका छन् । इसिबुस्थित सिङ्गला टोलका २० बर्षीय कञ्चन लिम्बुले ४२ बर्षीय वुवा रुपबहादुर र सौतेनी आमा ३५ बर्षीय ईसाको हत्या गरेको प्रहरीले जनाएको छ ।

साँझ करिव ६ बजे कञ्चनले बन्चरो प्रहार गरेर बाबु–आमाकै हत्या गरेका हुन् । बन्चरो प्रहारबाट वावुको टाउको र ढाडमा चोट देखिएको घटनास्थल पुगेका वडाध्यक्ष टेकबहादुर तामाङले जानकारी दिए । ‘घरकै कोठामा वावु–आमाकै लास भेटियो ।’ वडाध्यक्ष तामाङले भने ‘बाउको टाउकोमा काटेको रहेछ, आमाको घोप्टो परेको अवस्थामा ढाडमा काटेको देखिन्छ । रगत लतपतिएको बन्चरो पनि घरमै भेटियो ।’

घटनाको जानकारी पाएपछि अहिले सम्दुबाट प्रहरी टोली घटनास्थल पुगेको छ । अब जिल्लाबाट पनि प्रहरी टोली पुगेपछि शबलाई पोष्टमार्टमका लागि अस्पताल लगिने बताईएको छ ।

हत्यामा संलग्न कञ्चनलाई पोक्लावाङ प्रहरी चौकीको टोलीले देउरालीडाँडाबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याइएको छ । पोक्लावाङ प्रहरी चौकीका ईन्चार्ज ब्रम्हदेव यादवका अनुसार हत्यापश्चात प्रहरी कार्यालय जान्छु भनेर हिड्दै गरेको अवस्थामा कञ्चनलाई राती करिव ९ बजे नियन्त्रणमा लिईएको हो ।

बाबु–आमाको हत्या गरेको प्रहरीसमक्ष उनले स्वीकार गरेका छन् । आफ्नो आमा अर्को बिहे गरेर गएको र सौतेनी आमा र वावुले आफुलाई बेवास्ता गरेर खान बस्नसमेत नदिएपछि दुवै जनाको हत्या गरेको प्रहरीसमक्ष उनले बयान दिएको जनाइएको छ ।

वि.सं.२०७७ वैशाख २६ शुक्रवार ०९:२७ मा प्रकाशित

You can share this post!

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...

बिजनेश इन्टरेष्ट ग्रुपले ४५ लाख कित्ता आईपीओ निष्काशन गर्ने

बिजनेश इन्टरेष्ट ग्रुपले ४५ लाख कित्ता आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ जेठ २ बुधवार १७:४६

काठमाडौं । बिजनेश इन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन...