back
NMB ad

दरबन्दीका चिकित्सक बिदामा, करारका चिकित्सकको म्याद सकियो

Kumari bank ad

काठमाडौं । कोराना भाइरसका कारण अहिले विश्वव्यापी समस्या भइरहेका बेला दार्चुलाको गोकुलेश्वर अस्पतालमा कार्यरत दुई जना डाक्टर भने अध्ययन बिदामा गएका छन् ।

गत कात्तिक महिनामा अध्ययन बिदामा गएका डाक्टर कोरोना महामारीका बेला पनि फर्किएका छैनन् ।  अस्पतालमा कार्यरत डाक्टर रोशन भगत चौरासिया र गौमा धामी अध्ययन बिदाबाट फर्किएका छैनन् ।

उनीहरुको समायोजनका बेला सङ्घमा पठाइएको भए पनि दरबन्दी अस्पतालमै रहेको अस्पतालका डाक्टर महादेव भट्टले बताए। दुवै जना तीनवर्षे अध्ययन बिदामा गएका बताइएको छ ।

जिल्ला अस्पतालमा कार्यरत डाक्टर भट्टको करार अवधि यही वैशाख २३ गते सकिएको छ । “आफ्नो करार सेवा अवधि सकिएकाबारे स्वास्थ्य सेवा विभाग र शैल्यशिखर नगरपालिकालाई समेत जानकारी गराइसकेको छु”, डाक्टर भट्टले भने, “तर हालसम्म पहल भएको छैन ।” अहिले करार सेवा अवधि थपिने विभागबाट आश्वासन पाएको उनले बताए ।

अस्पतालमा ‘आमासुरक्षा’ कार्यक्रमअन्तर्गत एक जना डाक्टर लोकेन्द्र थापा मात्र कार्यरत छन् । दरबन्दीका डाक्टर नहुँदा अस्पतालमा ओटी सेवा बन्द भएको छ ।

कोभिड– १९ रोकथाम तथा नियन्त्रण नगरपालिका विशेष कार्यदलले कोरोना सङ्क्रमणका समयमा चिकित्सक अभाव हुन नदिन विशेष पहल गरिदिन जिल्ला सङ्कट व्यवस्थापन केन्द्रलाई आग्रह गर्ने निर्णय गरिएको समितिका सदस्य जगदीश भट्टले जानकारी दिए । रासस

वि.सं.२०७७ वैशाख २७ शनिवार १७:५५ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...