back
NMB ad

सवारी पास लिन नयाँ प्रावधान : कर चुक्ताको प्रमाणपत्र अनिवार्य, नभए के ?

Kumari bank ad

काठमाडौं । कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपछि सरकारले यस अघि गर्दै आएको लकडाउन थप कडा गरेको छ।

दिनप्रतिदिन कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएकाले सरकारले यस अघि जारी गरेका सवारी साधनका पास रद्द गर्दै आईतबारदेखि नयाँ पास वितरण गर्दै आएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यस अघि जारी गरेका पासको दूरुपयोग भएको भन्ने समाचार आएपछि सरकारले नयाँ पास लिन कर चुक्ताको प्रमाणपत्र, व्यापारिक संस्थानले सम्वन्धित नियामक निकायको सिफारिस पत्र पेश गर्नूपर्ने प्रावधान लागु भएको हो।

सरकारले बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न अनुमती दिएसँगै सडकमा ठूलो संख्यामा सवारी साधन चल्न थाले पछि पुराना पास रद्द गर्नै निर्णय गरेको थियो।

काठमाडौं जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार अब उद्योगी व्यवसायीले सवारी पास लिन कर चुक्ता गरेको प्रमाणपत्र अनिवार्य रुपमा बुझाउनु पर्नै वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए।

सरकारले गरेको निर्णय अनुसार सवारी साधनको पास लिन लकडाउन हुनु भन्दा अघिको कर चुक्ता गरेको प्रमाणपत्र अनिवार्य गरेको उनले बताए।

त्यसैगरी, नयाँ व्यवस्था अनुसार अब उद्योगी, व्यवसायीले सवारी पास लिन जरीवाना तिर्न बाँकी भए तिरेको प्रमाण पत्र पेश पनि गर्नू पर्नेछ।

तर, एम्वुलेन्स, औद्योगिक कच्चा पदार्थ, तयारी बस्तु, दुग्ध जन्य तथा पशु, चारा, पेट्रोलियम पदार्थ, उत्पादन तथा वितरण, फलफुल, तरकारी लगायतका सामग्री ओसार पसार गर्नै सवारी साधनले नयाँ पास लिनु नपर्नै उनले बताए। -नागरिक अनलाइनबाट

वि.सं.२०७७ जेठ ६ मंगलवार १८:२६ मा प्रकाशित

You can share this post!

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...