back
NMB ad

संक्रमित भेटिएपछि धादिङ स्वास्थ्यचौकी अनिश्चितकालका लागि सिल

Kumari bank ad

काठमाडौं । उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–४ गुम्दीस्थित बुढाथुम स्वास्थ्यचौकी अनिश्चितकालका लागि सिल गरिएको छ ।लमजुङका कोभिड–१९ सङ्क्रमित तीन वर्षीय बालक ५० गुम्दीमा ५० दिन बसेर काठमाडौं गएपछि उनी बसोबास क्षेत्र सिल गरिएको हो ।

स्वास्थ्यचौकी सिल गरिएसँगै सबै स्वास्थ्य सेवा बन्द गरिएको छ ।सङ्क्रमितका हजुरबुवा गुम्दी स्वास्थ्यचौकीमा कार्यरत रहेकाले उनी लमजुङको सुन्दरबजारबाट आमासहित चैत ९ गते गुम्दी आएका थिए ।

५० दिन यता बसेपछि वैशाख २९ गते काठमाडौं गएका थिए । काठमाडौँमा घरधनीले कोरोना परीक्षण नगरी घरभित्र पस्न नदिएपछि कोभिड–१९ जाँच गर्दा बालकमा सङ्क्रमण पुष्टि भएको थियो । बालकसँगै रहेकी आमालाई भने कोभिड–१९ देखिएको छैन ।

सङ्क्रमित बालक, उनका हजुरबुवाको सम्पर्कमा आएका, गुम्दीमा उनीहरूले डेरा लिएको घरका परिवारको कन्टयाक्ट ट्रेसिङ गरी स्वाब सङ्कलन गर्न टोली खटाइएको प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताए ।

सङ्क्रमित रहेको कोठा वरपरका मानिस, परिवार नजिकका नातेदारको लगत सङ्कलन कार्य भइरहेको र सोको नतिजाबमोजिम स्वाब सङ्कलन र अन्य काम गरिने गङ्गाजमुना गाउँपालिका स्वास्थ्य संयोजक दीपक अधिकारीले बताए ।

बिहीबार १७ जनाको स्वाब सङ्कलन गरिएको र उनीहरुको रिपोर्ट आएपछि मात्र यस क्षेत्रलाई नतिजाका आधारमा स्वास्थ्यचौकी सञ्चालन गरिने अधिकारीको भनाइ छ । रासस

वि.सं.२०७७ जेठ ८ बिहीवार १६:१३ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...