back
NMB ad

कर्मचारीको महंगी र पोशाक भत्ता कटौती नहुने : अर्थ मन्त्रालय

Kumari bank ad

काठमाडौं । खर्चमा मितव्ययिता ल्याउने उदेश्यले सरकारले कर्मचारीका भत्ता कटौती गरेर केही सुविधा भने थप गरिएको छ । कर्मचारीहरुले शतप्रतिशतसम्म लिदै आएको प्रोत्साहन तथा जोखिम भत्ता कटौती भएको हो ।

निजामती मात्र नभई सबै सार्वजनिक निकायमा कार्यरत कर्मचारी प्रोत्साहन, जोखिम र खाजा÷खाना खर्च साउन १ गतेदेखि कटौती गर्ने घोषणा गरिएको छ ।

यस्तो सुविधा करिब १८ हजार निजामती कर्मचारीले पाउँदै आउका थिए । भत्ता कटौतीले वार्षिक करिब ६ अर्ब रुपैयाँ जोगिने आँकलन अर्थ मन्त्रालयको छ ।

कर्मचारीले पाउँदै आएको महंगी भत्ता, दशैं भत्ता, पोशाक भत्ता र स्थानीय भत्ता भने कायमै रहने अर्थ मन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्रीले बताए ।

क–कसले पाउँथे सुविधा ?

राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीले अतिरिक्त समय काम गरेको आधारमा प्रोत्साहन भत्ता पाउँदै आएका थिए ।

त्यस्तै अर्थ मन्त्रालय अन्र्तगतका राजश्व तथा भन्सार कार्यालयका कर्मचारीले कार्यसम्पादनमा आधारीत भत्ता पाउँने गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्र्तगतका सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका कर्मचारीले पनि हालै भत्ता पाउन थालेका थिए । राजश्व अनुसन्धान विभागका कर्मचारीले पनि पाउने गरेका थिए ।

त्यस्तै अदालत र सरकारी वकिलले पाउने भत्ता पनि खारेज भएको छ । हालै राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीलाई पनि भत्ता दिन थालिएको थियो ।

लोक सेवा आयोग, महालेखा परीक्षकको कार्यालयमा पनि केहीले यस्तो सुविधा पाउँदै आएका थिए । यस्तो भत्तामा विभेद गरिएको भन्दै प्रशासनभित्रै विरोध हुँदै आएको थियो ।

राष्ट्रिय पुर्न्निर्माण प्राधिकरण, निजामती किताबखाना, राहदानी विभाग, संसद सचिवालय पाउँदै आएका थिए । विभिन्न संस्थान तथा विश्वबिद्यालयको भत्ता समेत कटौती गर्ने गरी मितव्ययिता सम्बन्धि निर्दे्शिका कार्यान्वायन गर्न लागिएको छ ।

यस्तो भत्ता पाउनेमा अदालतका कर्मचारी मात्र पाँच हजार थिए । उनीहरुले ५० प्रतिशतसम्म भत्ता पाउँथे र त्यस्तै महान्यायधिवक्ता कार्यालय अनुसार एक हजार चार सय ५० थिए । अख्तियारका नौ सय कर्मचारी छन् । -दृष्टिबाट

वि.सं.२०७७ जेठ १८ आइतवार ०८:२८ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...