back
NMB ad

निश्चित सर्तसहित धार्मिक स्थलदेखि सैलुनसम्म खोल्ने अनुमति !

Kumari bank ad

एजेन्सी । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको जोखिम रोक्न पछिल्लो पटक लकडाउनको अवधि एक महिना लम्ब्याइए पनि केही खुकुलो गरिएको छ ।

दैनिक जनजीवन सहज बनाउन लकडाउन केही खुकुलो पारिएको हो । भारत सरकारले शनिबार एक महिनाका लागि लकडाउन लम्ब्याउने निर्णय गर्दै संक्रमण नदेखिएका क्षेत्रमा खुकुलो बनाउने निर्णय गरेको हो ।

भारतमा चौथो पटक थपिएको लकडाउनको समय आज सकिँदै छ । भारतीय गृह मन्त्रालयले सोमबार जुन १ देखि जुन ३० सम्म लागू हुनेगरी पाँचौं पटक लकडाउनको समय थपेको छ ।

भारतको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा लकडाउन लम्ब्याउनुका साथै विभिन्न छुटसहित खुकुलो पारिएको बारे जानकारी दिइएको छ । पाँचौं पटकको लकडाउनको निर्देशिकामा तीन चरण निर्धारण गरिएको छ ।

पहिलो चरणमा ८ जुनबाट धार्मिक स्थल, होटल, सैलून, रेस्टुरेन्ट खोल्ने अनुमति निश्चित सर्तसहित दिइनेछ ।रातको समयमा लगाइएको कर्फ्यूको समय घटाइएको छ ।

अन्तराष्ट्रिय उड़ान, मेट्रो रेलको सञ्चालन, सिनेमा हल, जिम, स्वीमिङ पुल, थिएटर, बार र सभा हल सुरक्षा सतर्कताका साथ खोल्न निर्णय पनि केन्द्र सरकारले लिन सक्ने भारतीय मिडियाले जनाएका छन् ।

वि.सं.२०७७ जेठ १८ आइतवार ०९:५७ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...