back
NMB ad

कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीले नै पाएनन् तलब

Kumari bank ad

महेन्द्रनगर । कोरोना महामारीमा आफ्नो ज्यान जोखिममा राखेर खटिएका स्वास्थ्यकर्मी ४ महिनादेखि बिना तलब काम गरिरहेका छन् ।बेदकोट नगरपालिका क्षेत्रभित्र कार्यरत स्वास्थ्यकर्मीले गत फागनुदेखिको मासिक तलब नपाउँदा थप समस्यामा परेका छन्।

सरकारले महामारीका बेला अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब सुविधा दिने भनिरहेका बेला बेदकोटका स्वास्थ्यकर्मी भने महामारीविरुद्ध विनासुविधा फिल्डमा खटिएका छन् ।

नाम नबताउने सर्तमा नगरपालिकाका एक स्वास्थ्यकर्मीले फागुन महिनादेखि पाउनुपर्ने तलब सुबिधा नपाएको गुनासो गरे। ’गत फागुनदेखि हामीले पाउनुपर्ने तलब सुबिधा पाएका छैनौं, ’उनले भने, ’यस्तो महामारीका बेला सरकारले थप सेवा सुविधा दिनुको साटो तलब नै दिएको छैन।’

तलब सुविधा नपाएपछि बेदकोट नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी समस्यामा परेका छन्।बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज जोशीले स्वास्थ्य सेवा विभागबाट तलब निकासा नहुँदा स्वास्थ्यकर्मीलाई तलब खुवाउन नसकेको बताए।
’स्वास्थ्यकर्मीको तलब स्वास्थ्य सेवा विभागबाट निकासा हुने हो, हामीले पटकपटक ताकेता गर्दा पनि तलब निकासा भएन, उनले भने, ’नगरपालिकामा बजेट छैन।कसरी दिने?’

स्वास्थ्य सेवा विभागबाट स्वास्थ्यकर्मीको तलब नआएपछि कञ्चनपुरका अन्य नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले भने सम्बन्धित नगरपालिकाबाटै तलब पाएका छन्।

यता भीमदत्त नगरपालिकामा पनि समायोजन भएर आएका १६ जना स्वास्थ्यकर्मीले मंसिरदेखि तलब पाएका छैनन्। ’केन्द्रबाट तलब नआएपछि नगरपालिकाको आफ्नै स्रोतबाट व्यवस्थापन गरेको छ, ’भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्टले भने, ’यस्तो महामारीका बेला अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीलाई थप प्रोत्साहन गनुपर्छ।’

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले केन्द्रबाट तलब निकासा नभएपनि महामारीका बेला खटिएका स्वास्थ्यकर्मीलाई कार्यपालिकाको निर्णय गरेर तलब सुविधा उपलब्ध गराएको छ।

शुक्लाफाँटा नगरपालिकाका नगर स्वास्थ्य प्रमुख परमानन्द भट्टले केन्द्रबाट तलब सुविधा नआएपछि नगरपालिकाले नै स्वास्थ्यकर्मीलाई तलब खुवाएको बताए।

त्यस्तै माहाकाली नगरपालिकाले पनि केन्द्रबाट स्वास्थ्यकर्मीको तलब सुविधा नआएपछि स्वास्थ्य कर्मचारीको मनोबल खस्कने भन्दै नगरपालिकाबाटै तलब सुविधा उपलब्ध गराएको माहाकाली नगरपालिकाका सूचना अधिकृत रघुनाथ भट्टले बताए। -अन्नपूर्ण अनलाइनबाट

वि.सं.२०७७ जेठ २१ बुधवार १७:२३ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...