back
NMB ad

भोलिदेखि सबै पसल तथा व्यवसाय खोल्न दिने

Kumari bank ad

विराटनगर । भोलिदेखि विराटनगरमा बजार मध्याह्न १२ बजेसम्म खुल्ने भएको छ । विराटनगर महानगरपालिकाभित्रका ब्युटिपार्लर, सैलुन र होटलबाहेकका अन्य सबै पसल तथा व्यवसाय खोल्न दिने निर्णय भएको छ ।

व्यवसायीले स्वास्थ्य सुरक्षा अपनाएर बजार तथा पसल खोल्न दिनुपर्ने माग गर्दै आएका थिए । विराटनगर महानगर क्षेत्रमा बिहानदेखि दिउँसो १२ बजेसम्म पसल खोल्न पाइने बुधबार निर्णय भएको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङमा कोभिड क्राइसिस मेनेजमेन्ट कमिटीको बैठकले सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सतर्कता अपनाएर बजार खोलाउने निर्णय गरेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिएका छन् ।

बजार क्षेत्रमा सामाजिक दूरी कायम राखेर सुरक्षितरूपमा व्यापार र व्यवसाय गरे नगरेको अनुगमनसमेत हुने पराजुलीले बताए । उनले भने, “यसको प्रत्यक्ष अनुगमन विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय मोरङले गर्नेछन् ।” यो निर्णय भएसँगै महानगर क्षेत्रमा बजार खुल्ने निश्चित भएको छ ।

थोरै समय खोल्दा भीड बढी भएर सामाजिक दूरी कायम गर्न समस्या पर्ने भए पनि व्यापारी तथा व्यवसायीले यो निर्णयको स्वागत गरेका छन् ।

वि.सं.२०७७ जेठ २१ बुधवार १८:१५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...