back
NMB ad

पसल तथा व्यवसायहरु जोर–विजोर प्रणालीमा खुल्ने, बन्यो यस्तो नियम !

Kumari bank ad

वीरगञ्ज । लकडाउनका कारण लामो समयदेखि बन्द रहेको पर्साका पसल–व्यावसायहरु जोर–विजोर प्रणालीमा खुल्ने भएको छ ।जेठ २३ गते शुक्रबारदेखि पर्साका पसल व्यावसायहरु जोर–विजोर गते आलोपालो खुल्ने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

शुक्रबारदेखि जोर गतेका दिन रेडिमेट कपडा, कस्टेमेटिक, ईलेक्टिकलस , ईलेक्ट्रोनिक्स पसलहरु बिहान ११ बजेदेखि ४ बजेसम्म खोल्न दिने निर्णय गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

यस्तै विजोर गतेका दिन हाडवेयर, साईकल, मोटर तथा मोटर पार्टस, अटोवर्कस, भाँडावर्तन, सुनचाँदी, फर्निचर लगायतका पसलहरु खोल्न दिने निर्णय गरिएको बस्नेतले बताए ।

जिल्ला प्रशासन कार्यालय पर्सामा बुधबार पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले लामो समयदेखिको बन्दाबन्दीले अर्थतन्त्रमा परेको असर र अत्यावश्यक बस्तुहरुको सहज आपूर्ति तथा जिल्लाका व्यावसायीहरुले संक्रमण नफैलिने गरी व्यवसाय सञ्चालनको व्यवस्था मिलाई दिन गरेको अनुरोधलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो ।

बैठकले अत्यावश्यक बस्तु बिक्री गर्ने पसलहरु बिहान ५ बजेदेखि ९ बजेसम्म हरेक दिन खोल्न अनुमति दिएको छ । तर हाटबजार, खुल्ला स्थानमा भने बिक्री गर्न नदिने निर्णय गरेको छ ।

माछा–मासु, कुखुराको दाना, पशु आहार, खाद्य किराना, कृषि उत्पादन मल, बिउ लगायत मालबस्तुको ढुवानी हरेका दिन साँझ ७ बजेपछि गर्न दिने समितिले निर्णय गरेको छ । पसल सञ्चालन गर्दा सामाजिक दूरी भने कायम गरिनु पर्ने छ । (देश सञ्चारबाट)

वि.सं.२०७७ जेठ २२ बिहीवार ०९:१० मा प्रकाशित

You can share this post!

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...