back
NMB ad

हाम्रो सहयोगी वचत तथा ऋण सहकारीले सामाजिक काम गर्दै मनायो ११औँ वार्षिकोत्सव

Kumari bank ad

पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले कोरोनाको कारण लकडाउनका बीच पनि विविध कार्यक्रमको आयोजना गरी आफ्नो ११ औ वार्षिकोत्सव मनाएको छ ।

कोरोनाको संक्रमण दिन प्रतिदिन वढ्दै गएको भएतापनि संस्थाले विभिन्न सामाजिक क्रियाकलाप गरी आफ्नो वार्षिकोत्सव मनाएको हो । संस्थाले आफ्नो वार्षिकोत्सवको अवसरमा पोखरा महानगरले स्थापना गरेको कोभिड १९ रोकथाम उपचार कोषमा २२ हजार २ सय २२ रुपैया समेत सहयोग गरेको छ ।

वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रमका बीच पोखरा महानगर सहकारी विभागका प्रमुख तेजनारायण अधिकारीलाई संस्थाका अध्यक्ष शुक्रराज कंडेलले उक्त रकम बरावरको चेक हस्तान्तरण गरेका थिए ।

कोभिड १९ लाई मध्येनजर गरी सहकारीले आफ्नो सम्पूर्ण कर्मचारी तथा संचालक समितीको सम्पूर्ण पदाधिकारीहरुलाई समेटेर १ लाख को कोभिड बिमा गर्ने घोषणा गर्दै उक्त बिमाका लागी बिमा शुल्कको २ सय २५ रुपैया संस्थाले ब्यहोर्ने गरी हाम्रो सहयोगी स्वास्थ्य सुरक्षा कोषको समेत सुभारम्भ गरिएको संस्थाका महासचिव लोकेन्द्र कुमार राइले जानकारी दिए ।

त्यसैगरी उक्त अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३१ पिन्ट रगत समेत संकलन गरिएको महासचिव राइले जानकारी दिए । संस्थाका अध्यक्ष शुक्रराज कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगर सहकारी विभागका प्रमुख तेजनारायण अधिकारी, संस्थाका सल्लाहकार राधिका योगी शाही, संस्थाका संस्थापक अध्यक्ष गिरी प्रसाद गुरुङ, पूर्व अध्यक्ष किसान सुनार लगायले वोलेका थिएभने संस्थाका उपाध्यक्षबाट स्वागत मन्तब्य र लेखा सुपरिवेक्षक डिल्ली शर्माले सहकारीको सात सिद्धान्त बाचन गरेका थिए ।

वि.सं.२०७७ जेठ २२ बिहीवार १३:३४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...