back
NMB ad

उत्तर कोरियाली नेता किमकी बहिनीको दक्षिणलाई यस्तो चेतावनी

Kumari bank ad

सोल । दक्षिण कोरियाले यदी उत्तरबाट लखेटिएका र अभियन्ताहरुलाई दुई देशबीचको गैरसैन्य क्षेत्रमा प्रवेश रोक्न सकेन भने उत्तर कोरियाले २०१८ को अन्तरकोरिया सैन्य सम्झौता खारेज गर्ने चेतावनी दिएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले यही बिहीबार यस्तो चेतावनी दिएकी हुन् । जोङ पछिल्लो समय अनौपचारिक रुपमा नेता किमपछि सैन्य प्रमुखको रुपमा जिम्मेवारी लिँदैआएकी छन् ।

उनले २०१८ मा भएको सैन्य सम्झौतालाई ‘सायद कुनै मुल्य’को नभएको प्रतिक्रिया दिएकी छन् । साथै उनले उत्तरले दक्षिणसँगको सम्पर्क कार्यालय समेत स्थायी रुपमा बन्द गरिदिन सक्ने चेतावनी दिएकी थिइन् । यस्तै सीमा क्षेत्रमा पर्ने काएसोंग सहरको औधोगिक पार्क, जहाँ दुई देशका लागि मेलमिलापको केन्द्र मानिन्छ, त्यसलाई पनि बन्द गर्न सकिने संकेत उनले गरेकी थिइन् ।

किमकी बहिनीले एक विज्ञप्ति जारी गर्दै दक्षिणलाई यस्तो चेतावनी दिएकी हुन् । उत्तर कोरियाबाट लखेटिएका र थुप्रै अभियन्ताहरु पछिल्लो केही सातादेखि सिमानामा पर्ने गैरसैन्य क्षेत्रमा उत्तर कोरियाली नेता र शासनको विरोधमा बेलुन उडाउँदैआएका छन् । खासगरी उत्तर कोरियाली शासनको विरोध गर्ने अभियन्ताहरुले आणविक हतियारको विरोधमा यसरी बेलुज उडाउन थालेका हुन् ।

तर यस्ता गतिविधि दक्षिण कोरियाले रोक्नुपर्ने उत्तरको बुझाइ रहँदैआएको छ । ‘यदी हाम्रो आँखा अगाडि खराब अभिप्रायले यस्ता गतिविधि अभिव्यक्ति स्वतन्तत्राको नाममा रोकिएन भने दक्षिण कोरियाली अधिकारीहरुले सबैभन्न्दा खराब अवस्थाको सामना गर्नुपर्नेछ,’ किमकी बहिनी उत्तर कोरियाली नेत्री किम यो ले भनेकी छन् ।

एक उत्तर पूर्वकोरियाली कुटनीतिज्ञ र उत्तरबाट लखेटिएका व्यक्तिले दक्षिणमा चुनाव जितेपछि किम यो को यस्तो टिप्पणी आएको हो । ती दुई प्रतिनिधिले गत अप्रिलमा दक्षिणमा चुनाव जितेका थिए । -एजेन्सी

वि.सं.२०७७ जेठ २२ बिहीवार १३:३८ मा प्रकाशित

You can share this post!

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक...

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५७

काठमाडौँ, १६ वैशाखः विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम...

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५४

गुल्मी, १६ वैशाखः जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप...