back
NMB ad

एकै वडाका ४० जनामा कोरोना पुष्टि

Kumari bank ad

बाँके । कोरोनाको संक्रमण नदेखिएको जानकी गाउँपालिकामा एकैदिन ४० जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो गरेको नियमित पत्रकार सम्मेलनमा जानकी गाउँपालिकामा ४० र नेपालगन्ज उपमहानगरपालिकामा दुई गरि बाँकेका ४२ जनामा कोरोना पुष्टि भएको जानकारी दिइएको हो।

भारतबाट आएर क्वारेन्टाइनमा रहेकाहरुको आरटी पिसिआर विधिबाट कोरोना जाँच गर्दा जानकी गाउँपालिकाका ४० र नेपालगन्जका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए।

सबै संक्रमित जानकी गाउँपालिका वडा नं. १ को साईगाउँ, बढैया, शिवपुरी क्वारेन्टाइनमा बसेकाहरु भएको जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले बताए। एक सय १३ जनाको स्वाब संकलन गरि जाँच गर्दा ४० जनामा कोरोना देखिएको उनले बताए।

जिल्लाको नरैनापुरमा सवैभन्दा धेरै एक सय १८ जनामा कोरोना देखिएको छ। त्यसैगरि, नेपालगन्ज उपमहानगरपालिकामा ३३, राप्ती सोनारीमा २६, डुडुवामा २५, बैैजनाथमा आठ र खजुरामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो पटक जानकी गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकामा फेला परेका संक्रमित सहित बाँकेमा कोरोना संक्रमितको संख्या दुई सय ५५ पुगेको छ। अहिलेसम्म कोहलपुर नगरपालिका मात्र अछुतो रहेको छ। त्यहाँ अहिलेसम्म पिसिआर प्रविधिबाट एक सय १५ जनाको कोरोना जाँच भए पनि सवैको रिपोर्ट नेगेटिभ आएको छ।

वि.सं.२०७७ जेठ २२ बिहीवार १९:४९ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...