एजेन्सी । उत्तर कोरियामा प्राथमिक स्कूल खुल्न थोलेको छ । बालबालिकाहरु कक्षा कोठामा फर्किन थालेका छन् । उत्तर कोरियामा शिक्षा सत्र अप्रिलबाट सुरू हुन्छ । तर यो कोरोना भाइरस संक्रमणको कारण स्थगित भएको थियो ।
उत्तर कोरियाले छिमेकी चीनमा कोरोना भाइरसको घटना भएपछि बाहिरका मानिसहरूलाई प्रतिबन्ध लगाएको थियो । र सबै सीमाहरु सिल गरिएको थियो । उत्तर कोरिया लकडाउन कार्यान्वयन संसारकै पहिलो देश पनि हो । उत्तर कोरियाले कोरोना संक्रमणको एक मात्र केसको पुष्टि गरेको छैन ।
यद्यपि विज्ञहरूले उत्तर कोरियाको यो दाबीमाथि प्रश्न उठाइरहेका छन् । विज्ञहरू भन्छन, “यदि यो भाइरस उत्तर कोरियामा फैलियो भने देशको कमजोर स्वास्थ्य सेवाले यसलाई सम्हाल्न सक्ने छैन।”
वि.सं.२०७७ जेठ २३ शुक्रवार १२:०७ मा प्रकाशित