back
NMB ad

लकडाउनको मोडालिटी परिवर्तन : समय तालिका बनाएर पसल व्यवसाय खोल्ने निर्णय !

Kumari bank ad

धरान । धरानमा लकडाउनको मोडालिटी परिवर्तन गरिएको छ । लकडाउनको मोडालिटी परिवर्तन गर्नुपर्ने माग बढ्दै गएपछि धरान उपमहानगरपालिकाले समय तालिका बनाएर पसल व्यवसाय खोल्ने निर्णय गरेको हो ।

केही दिनअघि सुनसरी उद्योग वाणिज्य संघमा भएको धरान उपमहानगरपालिका र व्यवसायीको बैठकले लकडाउनको विषयमा अध्ययन गर्न समिति गठन गरेको थियो ।

पूर्व नगर प्रमुख मनोज कुमार मेन्याङबोको संयोजकत्वमा गठित समितिले साँझ ६ बजेसम्म बजार खोल्न प्रस्ताव पेश गरे पनि धरानको सुरक्षा समितिको बैठकले दिउँसो २ बजेसम्म खोल्न दिने निर्णय गरेको छ ।

शनिवार बिहान धरान उपमहानगरपालिकामा प्रमुख जिल्ला अधिकारी, बीपी प्रतिष्ठानका चिकित्सक र प्रदेश तथा संघीय सांसदहरूबीच भएको बैठकले नगरपालिकालाई उद्योग वाणिज्य संघसँग बैठक बसी निर्णय गर्न भनेको थियो । सोहीअनुसार बसेको बैठकले दुई सिफ्टमा बजार खुलाउने निर्णय गरेको छ ।

यससँगै धरानमा तरकारी र खाद्यान्न पसल बिहान ६ देखि १० बजेसम्म र अन्य पसलहरू बिहान ९ देखि दिउँसो २ बजेसम्म खोल्न पाइनेछ । तर, सामाजिक दूरी कायम नहुने ब्यूटीपार्लर, सैलुन, होटलहरू भने खोल्न पाइनेछैन । खुलेका पसलहरूले अनिवार्य रूपमा सुरक्षा मापदण्ड अपनाउनु पर्ने र सामाजिक भौतिक दूरी कायम गर्नुपर्ने संघका अध्यक्ष गिरिधारी सापकोटाले बताए ।

यस्तै ब्यूटीपार्लर तथा सैलुन, जिमहल, सिनेमाहल, होटल तथा लज, रेष्टुरेन्ट एण्ड बार, डान्स बार, ठेलामा राखी विक्री गरिने फाष्टफुड व्यवसाय अर्काे निर्णय नहुन्जेलसम्मका लागि बन्द रहने कार्यसमितिका सदस्य विष्णु बरालले जानकारी दिए ।

बैठकले बैंक तथा वित्तीय संस्थाहरू प्रत्येक दिन खोल्ने निर्णय पनि गरेको छ भने टेम्पो, सफारी लगायत सवारीसाधन सञ्चालन गर्न पाइनेछैन । आजको अभियान दैनिकमा समाचार छ ।

वि.सं.२०७७ जेठ २५ आइतवार ०९:१५ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...