back
NMB ad

लकडाउन खुलेको ३० दिनसम्म कर तिर्ने अवधि बढाउन सर्वोच्चको आदेश

Kumari bank ad

काठमाडौं । सर्वोच्च अदालतले कर तिर्ने अवधिलाई लकडाउन खुलेको ३० दिनसम्म पु¥याउन आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले सरकारका नाममा त्यस्तो उत्प्रषणको आदेश जारी गरेको हो ।

लकडाउनका कारण आवतजावत बन्द हुने कारण भन्दै सरकारले फागुन चैत र वैशाख महिनामा तिर्नुपर्ने करको समयावधि लम्ब्याएको थियो । तर जेठ २० गते आन्तरिक राजश्व विभागले सबै करदातालाई भ्याट, अन्तशुल्क र आयकरको त्रैमासिक विवरण र त्यसबापतको कर भुक्तानी गर्न ४ दिनको समय दिएर सूचना जारी गरेको थियो ।

सो सूचनाविरुद्ध अधिवक्ता सिर्जना अधिकारी र थानेश्वर काफ्ले समेतले सर्वोेच्च अदालतमा उत्प्रषणको आदेश माग गर्दै मुद्दा दायर गरेका थिए । सर्वोच्चको बुधबारको इजलासले त्यस्तो आदेश दिएको अदालतले जनाएको छ ।

सर्वोच्चले बन्दाबन्दीको अहिलेको अवस्थामा कार्यालय आएर हिसाबकिताब हेरेर पूर्ण रुपमा कारको विवरण बुझाउन र कर दाखिला गर्न सम्भव नदेखिएको भन्दै बाटोको म्याद बाहेक लकडाउन पूर्ण रुपमा खुलेको ३० दिनभित्र कर बुझाउनसक्नेगरी आवश्यक व्यवस्था मिलाउन भनिएको छ ।आन्तरिक राजश्व कार्यालयको सूचनाले करदाताहरुलाई सनत्रास दिएको ठहर समेत अदालतले गरेको छ ।

 

वि.सं.२०७७ जेठ २९ बिहीवार १६:५५ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...