back
NMB ad

लकडाउन फेरि लागू गर्ने संकेत !

Kumari bank ad

एजेन्सी । भारतले देशव्यापी लकडाउन फेरि लागू गर्नसक्ने संकेत दिएको छ । लकडाउन खुकुलो बनाएयता भारत कोरोना भाइरस ‘कोभिड १९’ को केन्द्र बनेको छ। यतिबेला भारत कोरोना प्रभावित राष्ट्रको चौथो स्थानमा पुगिसकेको छ ।

भारतभन्दा प्रभावित राष्ट्र भने अमेरिका, ब्राजिल र रुस हुन् । हालसम्म भारतमा ३ लाख ३२ हजार ७८३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । ९ हजार ५ सय २३ को मृत्यु भइसक्दा १ लाख ६९ हजार ७४८ उपचारपछि स्वस्थ बनेका छन् ।

भारतमा लकडाउन खुकुला बनाइएको केही समयमात्र भएको छ । यसबीचमा भारतमा दैनिक १० हजारभन्दा बढीको संख्यामा कोरोना संक्रमित थपिरहेका छन् ।

गएको २४ घण्टामा मात्र भारतमा ११ हजार ५ सयभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन्। आइतबार झन्डै १२ हजार संक्रमित थपिएका थिए ।

लकडाउन खुकुलो बनाउँदा दिनदिनै ठूलो संख्यामा कोरोना संक्रमित थपिएपछि प्रधानमन्त्री नरेन्द्र मोदी लकडाउन फेरि लागू गर्ने मनसायमा भएको इकोनोमिक टाइम्सले जनाएको छ।

केन्द्र सरकारलाई विभिन्न राज्यले कोरोना भयावह बनेको भनेर प्रतिक्रिया जनाएको इकोनोमिक टाइम्समा उल्लेख गरिएको छ।भारतीय संचारमाध्यमका अनुसार मोदीले विभिन्न राज्यमा मुख्यमन्त्रीसँग जुन १६ र १७ तारिखमा बैठक गर्दैछन्।

उक्त बैठकमा मोदीले मुख्यमन्त्रीसँगको सुझावपछि देशमा लागू हुने समान रणनीति तय गर्नेछन्। त्यसपछि देशव्यापी लकडाउन गर्ने या नगर्ने निर्णय हुनेछ।

वि.सं.२०७७ असार १ सोमवार १३:५१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...