back
NMB ad

दर्जन बढि कम्पनीको ७ अर्ब १८ करोड बराबरको आईपीओ आउने, कुनको कति ? (सूचीसहित)

Kumari bank ad

काठमाडौं । आगामी दिनमा दर्जन बढि कम्पनीको सवा ७ अर्व बराबरको आइपीओ आउने देखिएको छ । १० जीवन र ३ निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब १८ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ ल्याउने भएका हुन् ।

उनीहरु पब्लीक कम्पनीमा दर्ता भएको हुनाले कुल चुुक्तापुँजीको ३० प्रतिशतका दरले प्रतिकित्ता रु. १०० मा ७ करोड १८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने छन् ।

आईपीओ निकाष्शनका लागि यी कम्पनी मध्ये केहीले आवश्यक प्रक्रिया अगाडि बढाइसकेका छन् भने बाँकी कम्पनी आन्तरीक तयारीमा जुटेका छन् ।

बीमा समितिको प्रावधानअनुसार जीवन बीमा कम्पनीले २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले १ अर्ब रुपैयाँको चुक्तापुँजी बनाउनुपर्ने हुन्छ ।

त्यसमा सर्वसाधारणको पनि हिस्सा हुनुपर्ने भएपछि कम्पनीहरुले ३० प्रतिशतको मात्रामा आईपीओ निकाष्शन गर्न लागेका हुन् । आईपीओ निष्काशन पछि उक्त कम्पनीहरुको तोकिएको चुक्तापुँजी पुग्ने छ ।

जीवन बीमा कम्पनीले न्यूनतम ६० लाख र निर्जीवन बीमा कम्पनीले न्यूनतम ३० लाख कित्ता आईपीओ जारी गर्ने बताइएको छ । हाल अजोड इन्स्योरेन्सले आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिइ सकेको छ । उक्त कम्पनीले ३० करोड रुपैयाँको आईपीओ जारी गर्न लागेको हो ।

१३ कम्पनी मध्ये सबैभन्दा बढी सिटीजन्स लाइफ इन्स्योरेन्स कम्पनीले रू. ७५ लाख कित्ता अर्थात् ७५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने छ ।

आईपीओ निष्काशनका लागि हालसम्म आइएमई लाइफ इन्स्यारेन्स, युनियन लाइफ, प्रभु लाइफ, रिलायन्स लाइफ, सन नेपाल लाइफ र अजोड इन्स्योरेन्सले रेटिङ पनि गराई सकेक छन् । त्यसमध्ये अधिकांश कम्पनीले भने ग्रेड ४ रेटिङ पाएका छन् ।

वि.सं.२०७७ असार ३ बुधवार ११:२२ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...