back
NMB ad

‘महिलासँगको उपप्रमुख’ कार्यक्रम प्रभावकारी

Kumari bank ad

थम्मन थापा, बागलुङ । गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले अहिलेको परिवेशमा महिलाहरु आफ्नो सीप, दक्षता वृद्धि गरि आत्मनिर्भर बन्दै सम्वृद्धिको बाटोमा लाग्नु पर्ने बताउनुभएको छ ।

महिला सँग उपप्रमुख कार्यक्रम अन्तर्गत ३ महिने सिलाई कटाई तालिमको समापन समारोहमा बोल्दै नगर उपप्रमुख काउचाले यस्तो बताउनु भएको हो ।

महिलाहरु लाई समय सापेक्ष सीप सँग जोड्दै सीपलाई व्यवहारमा प्रस्तुत गराउने उद्देश्यले गलकोट नगरपालिकाले महिला मैत्री तालिम, गोष्ठी र सचेतनामुलक कार्यक्रमहरूलाई जोड दिँदै आइरहेको नगर उपप्रमुख काउचाले उल्लेख गर्नुभयो । त्यसको लागि तालिममा सिकेको कुरा व्यवहारमा उतारेर आर्थिक सम्वृद्धिको यात्रामा अगाडि बढ्न अनुरोध गर्नु भएको छ ।

गलकोट नगरपालिका वडा नं ७, ८ र ९ का गरी १७ जना महिलाहरुको तालिममा सहभागिता रहेको थियो । तालिमको मोर्डन टेलर्स गलकोट नगरपालिका वडा नं ९ बाँसखोलाका सञ्चालक किसान परियारले प्रशिक्षण दिनुभएको थियो ।

गत माघ २२ गते देखि सुरु भएको तालिम चैत ११ गते देखि सुरु भएको लक डाउनको कारण केही समय स्थगित भएको थियो । तालिममा सहभागीलाई मेसिन सहित अन्य आवश्यक सामाग्रीहरु गलकोट नगरपालिकाले उपलब्ध गराएको थियो ।

समापन समारोहको अवसरमा प्रशिक्षार्थीलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा गलकोट नगरपालिका वडा नं ९ का वडा अध्यक्ष तेज बहादुर थापा, वडा सदस्य दुर्गा बहादुर मल्ल, वडा सचिव आनन्द प्रसाद शर्मा र प्रशिक्षार्थी सुनिता साहनी थापाले मन्तब्य राख्नु भएको थियो ।

भैरव माध्यमिक विद्यालय बासखोलामा सञ्चालन गरिएको तालिममा सिलाई, बुनाई सबन्धी कुराहरू सिकाइएको थियो । कार्यक्रमको सञ्चालन गलकोट नगरपालिकाका प्रतिनिधि मिना थापा मगरले गर्नु भएको थियो ।

वि.सं.२०७७ असार ५ शुक्रवार १२:५१ मा प्रकाशित

You can share this post!

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...