काठमाडौं । नेपाली बजारमा सुनको भाउ ९० हजार नाघेको छ । आज साताको पहिलो दिन आइतबार सुन सात सयले बढेर ९० हजार ६ सयमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ८९ हजार ९ सयमा कारोबार भएको सुनको मुल्य आज एकै दिन ७ सयले बढेर छापावाला सुन प्रतितोला ९० हजार ६ सय पुगेको हो ।
यस्तै,त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार १ सय ६० रुपैया, प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
वि.सं.२०७७ असार ७ आइतवार १०:५५ मा प्रकाशित