back
NMB ad

कोरोनाको औषधी भन्दै रामदेवले ल्याए ‘कोरोनिल’ : ७ दिनमा शतप्रतिशत बिरामीलाई निको पार्ने दाबी

Kumari bank ad

एजेन्सी । योगगुरु रामदेवले आयुर्वेदिक औषधीले कोरोनाको उपचार गर्ने दाबी गरेका छन् । यसका लागि कोरोनिल नामक औषधी उनले लञ्च गरेका छन् । यसलाई पतञ्जली योगपीठले तयार गरेको हो ।

रामदेवका अनुसार कोरोनिलमा गिलोय, तुलसी र अश्वगन्धा छ जसले इम्युनिटी बढाउँछ । यस औषधीले अन्य गम्भीर बिरामीबाट बचाउने दाबी गरिएको छ ।

रामदेवका दाबी अनुसार कोरोनिलको क्लिनिकल केस स्टडीमा २८० बिरामीलाई सामेल गरिएको थियो । १०० जनामाथि यसको क्लिनिकल ट्रायल गरिएको थियो । यो औषधी दिइएको ३ दिनपछि ६९ प्रतिशत बिरामी पोजेटिभबाट नेगेटिभ भएका थिए भने ७ दिनभित्र शतप्रतिशत बिरामी निको भएका थिए । यसमा मृत्युदर शुन्यप्रतिशत रहेको थियो ।

रामदेवले लञ्च गरेको कोरोनाकिटमा कोरोनिलको साथै श्वासारी बढी र अणु तेल पनि सामेल छ । रामदेवका अनुसार तीनैको एक साथ प्रयोग गर्ने हो भने कोरोनाको संक्रमण खत्तम हुनेछ । र, यसले अन्य बिमारीबाट पनि बचाउनेछ ।

रामदेवका अनुसार शरीरमा अक्सिजनको कमी हुँदा श्वासरीले फाइदा गर्छ । यसले रुघा र खोकीबाट एकैपटक लड्न मद्दत र्गछ । अणुतेललाई नाकमा हाल्नुपर्नेछ । यसले कोरोनाबाट मानिसलाई बचाउने दाबी गरिएको छ । स्रोत: दैनिक भास्कर

वि.सं.२०७७ असार ९ मंगलवार १३:१५ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...