काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक केहीबेरअघि सकिएको हो । अर्को बैठक असार १२ गते बिहान ११ बजे बस्नेछ ।
आजको बैठकले १२ असारको बैठकका लागि सातवटा कार्यसूची तय गरेको छ । बैठकको प्रारम्भमै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले समसामयिक विषयमा मन्तव्य राख्नुहुनेछ ।
बैठकमा कोभिड–१९को रोकथाम, नियन्त्रण र उपचार, नेपालको सीमा समास्या र त्यसको समाधान, सरकारको कामको समग्र समीक्षा हुने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
वि.सं.२०७७ असार १० बुधवार १४:४२ मा प्रकाशित