back
NMB ad

हेटौँडामा प्रदेश विश्वविद्यालय स्थापना गर्न सहकार्य आवश्यक छ : मुख्यमन्त्री पौडेल

Kumari bank ad

हेटौंटा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकमा राजनीतिक परिवर्तनले स्थायित्व ल्याएको भए पनि अहिले समाजमा मानिसको सोच, चिन्तन र व्यवहारमा परिवर्तन ल्याउन सकेमात्र विकासको पूर्वाधार दीगो हुनसक्ने विश्वास व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री पौडेलले हेटौँडा उपमहानगरपालिकाको सातौँ नगरसभा बैठकको आज हेटौँडामा उद्घाटन गर्नुहुँदै प्रदेश सरकार र स्थानीय निकायको सहकार्यबाट जनतालाई विकासको पूर्वाधारप्रति दीगो लाभ पुग्ने योजना तर्जूमा गर्ने वातावरण तयार गर्न नगरसभाले सकारात्मक भूमिका खेल्नुपर्ने आग्रह गर्नुभयो ।

उहाँले बागमती प्रदेशको हेटौँडामा प्रदेश विश्वविद्यालयको स्थापना गर्न र हेटौँडा अस्पतालकोस्तर उन्नतिको लागि प्रदेश सरकार र हेटौँडा उपमहानगरपालिकाको सहकार्य आवश्यक रहेको र भविष्यमा ती योजनालाई कार्यान्वयन गर्न बजेट विनियोजित गर्न आग्रह गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले स्थानीय जनप्रतिनिधिले आपसमा समझदारी कायम गरेर नगरक्षेत्रको वातावरणमा सुधार, खानेपानी, पर्यटन, खेलकूद, साहित्य र भ्यू टावर जस्ता योजनालाई सञ्चालन गर्न आ–आफ्नो तर्फबाट योगदान दिनुपर्ने बताउनुभयो ।

उहाँले कोभिडको प्रभावले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीलाई प्रत्यक्ष रोजगारको लागि वैकल्पिक रुपमा आय–आर्जन गर्ने प्याकेज कार्यक्रम ल्याउन पनि स्थानीय जनप्रतिनिधिलाई आह्वान गर्नुभयो ।

हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामाले आगामी आव ०७७/७८ को लागि कूल दुई अर्ब ८६ करोड ६६ लाखको अनुमानित बजेट सार्वजनिक गर्नुभएको थियो ।

सार्वजनिक गरिएको बजेटमा मकवानपुर र बाराको सिमानामा पर्ने चुरियामाई मन्दिर नजिक स्थापित भएको पुरानो चुरिया सुरुङमार्ग सञ्चालन गर्ने र हेटौँडा उपमहानगरपालिका–१ भैरवडाँडामा निर्मित मनमोहन भ्यू टावरको स्तरोउन्नति गरी प्राविधिक प्रविधिबाट सञ्चालन गर्नेतर्फ बजेट विनियोजित गरिएको उहाँले बताउनुभयो ।

उहाँले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोरोनाबाट मृत्यु भएमा मृतकका आफन्तलाई रु तीन लाख राहतस्वरुप उपलब्ध गराउने उल्लेख छ ।

नगरमा जैविक फोहरको व्यवस्थापन र वैकल्पिक ऊर्जाको उत्पादन गर्ने, हेटौँडामा बिपी गणेशमान र मनमोहन पार्कको स्थापना गर्ने योजनालाई कार्यान्वयन गर्ने तर्फ जोड दिइएको छ ।

त्यसैगरी हेटौँडा अस्पतालमा मिर्गौला बिरामीलाई नियमित डाइलाइसिस सेवा उपलब्ध गराउनेतर्फ आवश्यक व्यवस्थापन गरिसकिएको र छिट्टै डाइलाइसिस सेवा शुरु गरिने पनि उपप्रमुख लामाले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले उपमहानगरपालिका क्षेत्रभित्रका वडामा वातावरणको सुधार, खानेपानी, सडक, ढलको निकास, सडक कालोपत्र, वृक्षरोपण र कोभिड पत्रकार बीमा गर्ने योजनालाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले सो अवसरमा मकवानपुरका अग्रज पत्रकार नवराज शर्मालाई उपमहानगरपालिकाको तर्फबाट अग्रज पत्रकारिता पुरस्कारबाट सम्मान गर्नुभयो । उहाँले नगद रु १७ हजारसहित प्रशंसापत्र प्राप्त गर्नुभयो ।

यसैगरी विकास पत्रकारिता पुरस्कारतर्फ सुदिप शिवाकोटी, सुवास विडारी सरिता दाहाल, प्रकाश दाहाल, कृष्णउदास खनाल र सुरेश श्रेष्ठलाई सो अवसरमा पुरस्कृत गरियो । उनीहरुलाई नगद रु १३ हजार ५०० र प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

वि.सं.२०७७ असार १० बुधवार १५:२७ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...