back
NMB ad

बिहेको प्रलोभन देखाएर बारम्बार बलात्कार : भिडियाे समाजिक सञ्‍जालमा राखिदिने धम्की !

Kumari bank ad

गोरखा । बिहेको प्रलोभन देखाएर यौन सम्पर्क गरेको भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै बलात्कार गर्ने एक जना पक्राउ परेका छन्।
सोही आरोपमा २९ वर्षीय तुलबहादुर गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

उनले पटकपटक बलात्कार गरेका प्रहरीले बताएको छ । मंगलबार तनहुँको आबँखैरेनी गाउँपालिका–२ खोला गाउँबाट उनी समातिएका हुन्। गुरुङले आफूलाई पटकपटक बलात्कार गरेको भन्दै गत असार १५ गते गोरखाकी २१ वर्षीया एक युवतीले प्रहरीमा उजुरी गरेकी थिइन्।

युवतीले प्रहरीमा दिएको उजुरीमा बिहेको प्रलोभन देखाउँदै आफूमाथि पटकपटक यौन सम्पर्क गरेको उल्लेख छ। साथै उनले उक्त अश्लील भिडियो बनाई सामाजिक संजालमा राखिदिने भन्दै धम्की दिई गोरखा, तनहुँ र चितवन जिल्लाका विभिन्न होटल तथा लजहरुमा बोलाई जबरजस्ती करणी गरेका बताएकी छन्।

पीडक युवाले अन्तिम पटक गत असार १२ गते गोरखा नगरपालिका–१३ मझुवादेउरालीस्थित शिव मन्दिर नजिक रहेको सार्वजनिक शौचालय लगी जबरजस्ती करणी गरेका ती युवतीले बताएकी छन्।

पक्राउ परेका युवकलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी बासुदेव खतिवडाले जानकारी दिए ।

वि.सं.२०७७ असार १७ बुधवार २१:२५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...