back
NMB ad

आजदेखि मेगा बैंक र गण्डकी विकास बैंकले सुरु गरे एकीकृत कारोबार

Kumari bank ad

काठमाडौं । आजदेखि मेगा बैंक र गण्डकी विकास बैंकले एकीकृत कारोबार सुरु गरेका छन् । पुर्व निर्धारित समयअनुसार दुवै बैंकले मेगा बैंकको नामबाट संयुक्त कारोबार सुरु गरेका हुन् ।

मेगा बैंकले गण्डकी विकास बैंक प्राप्ती गर्ने भनेर यसअघि नै सहमति भएको थियो । त्यसपछि आवश्यक प्रक्रिया पुरा गरेर एकीकृत कारोबार सुरु गरिएको हो ।

एकीकृत कारोबार पछि मेगा बैंक निक्षेप र मुनाफाका आधारमा २७ बाणिज्य बैंक मध्ये ११ औं स्थानमा आएको छ । यस्तै, बैंकको चुक्तापुँजी १३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । यस्तै, निक्षेप रु. १ खर्ब २५ अर्ब, कर्जा १ खर्ब ९ अर्ब, ग्राहक ११ लाख भएका छन् ।

यसैगरी शाखा संख्या शाखा संख्या २०६ वटा, एक्सटेन्शन काउन्टर ३० वटा र एटीएम १४२ वटा पुगेको छ । जिल्लाका आधारमा मेगा बैंक ५८ जिल्लामा पुगेको छ । मेगाले बैंकले गण्डकी विकास बैंकलाई १ बराबर १ शेयरको अनुपातमा गाभेको हो ।

वि.सं.२०७७ असार २१ आइतवार १०:५० मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...