back
NMB ad

नेपाल बैंकका शाखा प्रवन्धक विरुद्ध भ्रष्टाचार मुद्धा, ५४ लाख ८४ हजार माग दाबी

Kumari bank ad

काठमाडौं । नेपाल बैंक लिमिटेड, डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक हाल निलम्बित कर्मचारी भुपराज कोइराला विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आइतबार विशेष अदालतमा मुद्धा दर्ता गरेको हो ।

उनी विरुद्ध अदालतमा अख्तियारले ५४ लाख ८४ हजार ४५ रुपियाँ भ्रष्टाचार भएको भन्दै मागदाबी समेत लिईएको छ । बैंकको सिस्टम ह्याक गर्ने, बैंकमा जम्मा गर्नुपर्ने ब्याज आफ्नो निजी खातामा जम्मा गर्ने लगायतका कार्यहरु गरी भ्रष्टाचारजन्य कार्य गरेको भन्दै उनी विरुद्ध उजुरी परेको थियो ।

नेपाल बैंक लिमिटेडको काठमाडौं बैंकिङ अफिस र डिल्लीबजार शाखामा कार्यरत रहँदा नेपाल बैंक लिमिटेडले प्रयोग गर्ने बैंकिङ सिष्टमअन्तर्गत प्रयोग गर्ने गरी निजलाई व्यक्तिगत रुपमा प्रदान गरिएको थियो ।

त्यो सिष्टम अरु कसैले प्रयोग गर्न नमिल्ने र अरुलाई समेत प्रयोग गर्न नमिल्ने व्यक्तिगत टेलर आइडि र सिष्टम सुपर युजर विद्युतीय माध्यमको दुरुपयोग गरेर भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

नेपाल बैंकको काठमाडौं बैंकिङ अफिस र डिल्लीबजार शाखामा रहेका हिसाव किताव अनधिकृत रुपमा खर्च गरी ५४ लाख ८४ हजार ४५ रुपियाँ आफ्नो विभिन्न खातामा जम्मा गरी भ्रष्टाचार गरेको अख्तियारको मागदाबी छ ।

वि.सं.२०७७ असार २१ आइतवार १५:३१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...