back
NMB ad

अनलाइन कक्षा बन्द गर्ने !

Kumari bank ad

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले शुल्क उठाउन नपाए अनलाइनलगायत वैकल्पिक कक्षा ठप्प पार्ने चेतावनी दिएका छन् । शिक्षा मन्त्रालयले वार्ताका लागि बोलाएपछि सोमबारबाट कक्षा बन्द गर्ने घोषित कार्यक्रम भने प्याब्सन र एनप्याब्सनले स्थगित गरेका छन् ।

मन्त्रालयले केही दिन समय मागेपछि तत्कालका लागि वैकल्पिक कक्षा ठप्प पार्ने निर्णय रोकिएको निजी विद्यालय सञ्चालकहरूले बताए । शिक्षा मन्त्रालयले अनलाइन कक्षाको शुल्क उठाउन रोक लगाइसकेको छ ।

कतिपय निजी विद्यालयले भर्ना र मासिक शुल्क लिइरहेका छन् । प्याब्सन र एनप्याब्सनले न्यूनतम शुल्क उठाउनुपर्ने माग अघि सारेका हुन् । विद्यार्थीको अभिलेखीकरण गर्न पाउनुपर्ने र अनलाइन कक्षाबापत रकम उठाउनुपर्ने उनीहरूको माग छ ।

निजी विद्यालय सञ्चालकहरूले आर्थिक वर्ष २०७७/७८ को बजेटमा उपेक्षा गरिएको गुनासो पनि गर्दै आएका छन् । सहुलियत र राहतको कार्यक्रम ल्याउनुपर्ने उनीहरूको माग थियो ।

बजेटमा सम्बोधन नभएपछि उनीहरूले अभिभावकबाट शुल्क उठाउने वातावरण बनाउन लबिइङ गरेका हुन् । ‘नियमित खर्च धान्न कतै न कतैबाट स्रोत त चाहियो । सरकारले दिन सक्दैन भने अभिभावकबाट उठाउँछौं भनेका हौं,’ एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले भने । आइतबार निजी विद्यालय सञ्चालक र मन्त्रालयका प्रतिनिधिबीच वार्ता भएको थियो । मन्त्रालयले केही दिन समय मागेका कारण अनलाइन कक्षा बन्द गर्ने निर्णय स्थगित गरिएको उनले जनाए ।

सरकारले असार १ गतेदेखि विभिन्न पाँच माध्यमबाट वैकल्पिक कक्षा सञ्चालन गरेको छ । शिक्षकलाई तलब, घरभाडा, इन्टरनेट, विद्युत् खर्चका लागि आवश्यक पर्ने रकम अभिभावकबाट उठाएर बुझाउने उनीहरूको तर्क छ । सरकारले गत चैतको शुल्कसमेत छुट दिन आग्रह गरेको थियो । प्याब्सन र एनप्याब्सनले वैशाखको शुल्क छुट दिएर जेठदेखि अनलाइन कक्षाबापत शुल्क लिने तयारी गरेका हुन् ।

चैत महिनाको शुल्क अधिकांश अभिभावकले बुझाइसकेका कारण वैशाखको शुल्क छुट दिन आन्तरिक सर्कुलर गरिएको प्याब्सन अध्यक्ष टीकाराम पुरीले बताए । अधिकांश निजी विद्यालयहरूले चैतदेखि नै तलब नदिएको संस्थागत विद्यालय शिक्षक युनियनको गुनासो छ ।

वैकल्पिक कक्षामाथि प्रश्न

निजी विद्यालयले अनलाइनलगायत वैकल्पिक कक्षाको शुल्क लिने तयारी अघि बढाउँदा सरोकारवालाहरूले प्रभावकारितामाथि प्रश्न उठाएका छन् । अनलाइन, रेडियो र टेलिभिजनबाट पढाउँदा विद्यार्थीलाई कति उपयोगी भएको छ भनेर अध्ययन गरिनुपर्ने उनीहरूको तर्क छ । शिक्षाविद् मीनाक्षी दाहालले अनौपचारिक कक्षा चलाउने काम भए पनि धेरै विद्यार्थीका लागि उपयोगी हुन नसकेको बताइन् । ठूलो समूह वैकल्पिक सिकाइमा सहभागी हुन नसकेको उनको भनाइ छ ।

पाठ्यक्रमअनुसार पठनपाठन हुन नसकेका कारण वैकल्पिक शिक्षण क्रियाकलापको प्रभावकारी अनुगमन हुन जरुरी रहेको उनले बताइन् । ‘अनलाइन कक्षामा बालबालिका २र४ दिन त रमाए होला । घण्टौं अनलाइन बस्दा बालमनोविज्ञानमा कस्तो प्रभाव परेको छ होला ? दाहालले भनिन् ।

वैकल्पिक विधिबाट शिक्षण सँगसँगै शिक्षक विद्यार्थीको दोहोरो संवाद र अन्तक्र्रिया आवश्यक हुने नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्माले बताए । शिक्षा पत्रकार समूहले वैकल्पिक शिक्षाको प्रभावकारितामाथि सोमबार गरेको छलफलमा उनले सहरका केही बालबालिकाबाहेक अनलाइन कक्षा प्रभावहीन बनेको प्रस्ट्याए । ‘विद्युत्, इन्टरनेटमा शिक्षक–विद्यार्थीको पहुँच छैन,’ उनले भने, ‘सहरका निजी विद्यालय सञ्चालकले अर्कै उद्देश्यले अनलाइन कक्षाको हल्ला चर्काएका हुन् ।’ कतिपय ठाउँमा वैकल्पिक कक्षालाई स्थानीय तहले पनि सहयोग नगरेको उनको गुनासो थियो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वैकल्पिक कक्षाको प्रभावकारिताबारे अध्ययन थालेको जनाएको छ । केन्द्रका उपमहानिर्देशक इमनारायण श्रेष्ठले प्रदेशगत रूपमा अनुगमन भइरहेको बताए । केन्द्रले अनलाइन, अफलाइन, रेडियो, टेलिभिजन र प्रिन्ट सामग्रीका पाठ उत्पादन र प्रसारण गरिरहेको छ । कान्तिपुर दैनिकमा सुदीप कैनीले खबर लेखेका छन् ।

वि.सं.२०७७ असार २३ मंगलवार ०७:३० मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...