back
NMB ad

कोरोनाले नेपाली अर्थतन्त्रमा १ खर्ब ६८ अर्बको क्षति

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड–१९ (कोरोनाभाइरस) ले नेपाली अर्थतन्त्रमा १ खर्ब ६८ अर्बको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । कोरोनाको सबैभन्दा बढी प्रभाव होटल, रेष्टुरेन्ट, यातायात, व्यापार क्षेत्रमा परेको छ ।

नेपाल राष्ट्र बैंकले प्रतिधिसभा अन्तर्गतको अर्थ समितिमा प्रस्तुत गरेको देशको समष्टिगत परिदृष्यमा नेपाली अर्थतन्त्रमा भएको नोक्सानका विषयमा उल्लेख गरिएको छ ।

समितिको सोमबारको बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले यसअघि आंकलन गरेको २.२७ प्रतिशतको आर्थिक बृद्धि त्यो भन्दा पनि तल झर्न सक्ने बताए ।

कोरोनाभाइरसको कारण विश्व अर्थतन्त्रनै प्रभावित छ । विश्व अर्थतन्त्र ४.९ प्रतिशतले संकुचन आउने अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रक्षेपण गरेको थियो भने आइएमएफकै पछिल्लो प्रक्षेपणले नेपालको आर्थिक वृद्धिदर १ प्रतिशत रहने अनुमान गरेको छ ।

नेपालमा कोरोनाका कारण चैत ११ देखि गरिएको लकडाउनका कारण सम्पूर्ण आर्थिक क्षेत्र प्रभावित बनेको छ । असार १ गतेदेखि भने देश आंशिक लकडाउनमा रहेको छ ।

यता लकडाउनमा कर्जा भन्दा निक्षेप ज्यादा संकलन हुँदा बैंकमा अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । चैतदेखि जेठ सम्मको तीन महिनाको अवधिमा १ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने कर्जा प्रवाह १६ अर्ब रुपैयाँ भएको छ ।

अहिले बैकिङ सिस्टममा १ खर्ब ६६ अर्ब २ करोड रुपैयाँ अधिक तरलता छ । यो असार २६ गतेसम्मको स्थिति हो । बाणिज्य बैंकको अन्तर कारोबारदर ०.५ प्रतिशत रहेको छ । तर कोरोनाकै व्यापारमा आएको संकुचनले ब्यापार घाटा न्युन भएको छ । -रातोपाटीबाट

वि.सं.२०७७ असार २९ सोमवार १३:५५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...