back
NMB ad

भोलिदेखि लागू हुनेगरी सबै प्रकारका पसल तथा व्यवसाय बन्द गर्न निर्देशन !

Kumari bank ad

काठमाडौं । नवलपुरको गैंडाकोट नगरपालिका एकसाताका लागि सिल गरिएको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटमा कार्यरत ५ जना प्रहरी कर्मचारीसहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले भोलि शुक्रबारदेखि लागू हुने गरी एकसाताका लागि नगर क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका अनुसार पाँच जना प्रहरी कर्मचारीसहित होम क्वारेन्टिनमा बसेका ८ जना, नगरपालिकाको क्वारेन्टिनमा बसेका ४ जना र एक जना स्थानीय व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।

कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिन सक्ने जोखिम बढेका कारण नगर क्षेत्र सिल गरिएको नगर प्रमुख छत्रराज पौडेलले जानकारी दिए ।

नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै साउन २ गतेबाट ८ गतेसम्म लागू हुने गरी नगर क्षेत्र सिल गरिएको जनाएको छ । दूध र दूग्धजन्य व्यवसाय, अत्यावश्यक सेवा तथा खाद्यान्न पसल, औषधि पसल बाहेकका अन्य पसलहरु, सबै प्रकारका होटल र निर्माण व्यवसाय बन्द गर्न नगरपालिकाले सूचना मार्फत अनुरोध गरेको छ ।

साथै गैंडाकोट नगर क्षेत्र हुँदै सञ्चालन गरिने लामो दूरीका सवारी साधानहरुले कुनै पनि यात्रुलाई चढाउने, आराल्ने र रोक्न नपाउने नगरपालिकाले जनाएको छ ।

नगरपालिका क्षेत्र भित्रका बैङ्कहरुले स्वास्थ्य सुरक्षा सामाग्रीहरुको प्रयोग गर्दै सामाजिक दूरी कायम गरी अति न्युन कर्मचारी परिचालन गरी दैनिक कार्य सञ्चालन गर्ने र बैङ्क बाहेकका अन्य वित्तीय संस्था पूर्ण रुपमा बन्द गर्न अनुरोध गरेको छ ।

अत्यावश्यक कामबाहेक कोही पनि नागरिकलाई घरबाट बाहिर ननिस्कन नगरवासीहरुलाई अनुरोध गरिएको नगर प्रमुख पौडेलले जानकारी दिए । -अनलाइन खबरबाट

वि.सं.२०७७ साउन १ बिहीवार १९:१० मा प्रकाशित

You can share this post!

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...