back
NMB ad

६ प्रकारका कोरोना भाइरस फेला पर्यो, कुन कति खतरनाक ? यस्ता छन् लक्षणहरु

Kumari bank ad

काठमाडौं । वैज्ञानिकहरुले विभिन्न लक्षणको आधारमा ५ प्रकारका कोरोना भाइरसको बारेमा पत्ता लगाएका छन् । सबै ६ प्रकारका कोरोना भाइरसको केसमा टाउको दुख्ने र वास्ना थाहा पाउन सक्ने क्षमतामा कमी भएको पाइएको छ ।

वैज्ञानिकहरुले आर्टिफिशियल इन्टेलिजेन्स सफ्टवेयरको माध्यमबाट सयौँ मामिलाको बारेमा विश्लेषण गरेका छन् । किंग्स कलेज लण्डनका साइन्टिस्टले आफ्नो रिसर्चमा अहिलेसम्म कोरोना भाइरस ६ प्रकारको रहेको कुरा पत्ता लगाएका छन् ।

यसको खतरा पहिलाको भन्दा १० गुणा धेरै भएको पनि वैज्ञानिकहरुले बताएका छन् ।अहिलेका संक्रमितहरुलाई श्वास फेर्न समस्या धेरै भएको शोधबाट पत्ता लागेको हो ।

वैज्ञानिकको यो नयाँ खोजपछि कोरोना भाइरसको केसमा सबैभन्दा धेरै खतरावाला बिरामीलाई समयमै पहिचान्न सकिनेछ । रिसर्चका लागि वैज्ञानिकहरुले अमेरिका र बेलायतका १६०० कोरोना संक्रमित बिरामीको डेटाको विश्लेषण गरेका थिए ।

किंग्स कलेज लण्डनका क्लेयर स्टीव्सले भने कि, यदि बिरामी भएको पाचाँै दिन हामीले संक्रमित कोरोना भाइरसको बिरामीे कुन क्याटेगोरीमा रहेको छ भन्ने कुरा त्त्ता लाग्यो भने समय रहँदै उसको केयर राम्रोसँग गर्न सकिन्छ ।

रिसर्चमा सबैभन्दा कम खतरनाक भाइरसबाछ बिरामी भएपछि फ्लू जस्तो लक्षण हुन्छ र खोकी आउन सक्छ । तेश्रो प्रकारको कोरोना भाइरसको केसमा डाइरियाको लक्षण हुन सक्छ । त्यस्तै चौथो, पाचौँ र छैटौँ प्रकारको कोरोना भाइरसको केसमा थकान, कन्फ्यूजन, श्वासको समस्या जस्ता लक्षण धेरै हुन सक्दछन् ।

रिसर्चमा यो पनि पत्ता लागेको छ कि, पहिलो प्रकारको कोरोना भाइरसबाट बिरामी १.५ प्रतिशत, दोश्रो प्रकारको केस ४.४, र तेश्रो प्रकारको ३.३ प्रतिशत संक्रमितलाई श्वास फेर्नमा सहायता दिन आवश्यक रहेको छ । चौथो, पाँचौँ र छैटौँ प्रकारका केसमा यो आँकडा ८.६ प्रतिशत, ९.९ प्रतिशत र १९.८ प्रतिशत देखिएको छ ।

छैटौँ प्रकारका कोरोना भाइरसको केसमा आधा संक्रमितलाई अस्पतालमा भर्ना हुनुपरेको रिसर्चबाट पत्ता लागेको छ । तर पहिलो प्रकारको कोरोना केसमा मात्र १६ प्रतिशत संक्रमितलाई अस्पताल जान आवश्यक रहेको पाइएको थियो । -एजेन्सीको सहयोगमा

वि.सं.२०७७ साउन ४ आइतवार ११:५७ मा प्रकाशित

You can share this post!

स्रोत नखुलेको ९८ लाखसहित दुई जना पक्राउ   

स्रोत नखुलेको ९८ लाखसहित दुई जना पक्राउ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:३१

काठमाडौँ, २८ वैशाखः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत...

कर्णाली कोरिडोरमा १६ वटा पक्की पुल निर्माण   

कर्णाली कोरिडोरमा १६ वटा पक्की पुल निर्माण   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:२५

मान्म (कालीकोट), २८ वैशाख : कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–८...

संसदीय छानबिन समिति गठन कांग्रेसको ‘बटमलाइन’   

संसदीय छानबिन समिति गठन कांग्रेसको ‘बटमलाइन’   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:१७

काठमाडाैँ, २८ वैशाखः सहकारीको रकम अपचलनसम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि...

चितवनको देवनगर सबस्टेसन सञ्चालनमा   

चितवनको देवनगर सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:१२

काठमाडौँ, २८ वैशाखः चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा ३३/११ केभी सबस्टेसन...

प्रधानमन्त्रीसमक्ष मर्स्याङ्दी करिडोरको विकास र प्रवर्द्धनका एजेण्डा पेस   

प्रधानमन्त्रीसमक्ष मर्स्याङ्दी करिडोरको विकास र प्रवर्द्धनका एजेण्डा पेस   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:०२

डुम्रे (तनहुँ), २८ वैशाख : गण्डकी प्रदेशका नौ स्थानीय तह...

महाकालीबाट दोधारा चाँदनीलाई पानी दिने विषय कार्यान्वयन भएन   

महाकालीबाट दोधारा चाँदनीलाई पानी दिने विषय कार्यान्वयन भएन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १२:१६

महेन्द्रनगर (कञ्चनपुर), २८ वैशाख : कञ्चनपुरको दोधारा चाँदनीलाई शारदा नहरबाट...